बाइकमा लिफ्ट माग्ने बाहनामा पकेट मार्ने युवती पक्राउ

 बिहिबार, बैशाख २, २०७८ | onlinenews
Share this

रामेछाप– प्रहरीले रामेछापको मन्थली नगरपालिकाकी एक युवतीलाई बाइकामा लिफ्ट माग्ने बहाना गरेर पकेट मारेको आरोपमा पक्राउ गरेको छ । पक्राउ पर्नेमा मन्थली नगरपालिका–६ मसानटारकी २१ वर्षीया लक्ष्मी माझी रहेकी जिल्ला प्रहरी कार्यालय रामेछापले जनाएको छ ।
गत चैत ३१ गते साँझ सामान लिन मोटरसाइकलमा देबकोटाचोक हिडेका एक व्यक्तिको मोटरसाइकलमा जबरजस्ती चढेकी युवती बाइकबाट झर्ने क्रममा मोटर साइकल चालकले लगाएको पाइन्टको बायाँतर्फको खल्तीमा राखेको साँढे २३ हजार रुपैयाँ झिकेर हिडेको आशंकामा चेक जाँच गर्दा ती युवतीको साथमा फेला परेपछि उनलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
प्रहरी हिरासतमा रहेकी माझीमाथि चोरी मुद्दामा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय रामेछापको सूचना अधिकारी श्रीशंकर श्रेष्ठले जानकारी दिए ।

Share this

प्रतिकृया

Add