रामेछापको दुई पालिकाको १२ स्थान कोरोना जोखिमयुक्त क्षेत्र घोषणा

 आइतवार, बैशाख १९, २०७८ | onlinenews
Share this

रामेछाप– जिल्ला स्तरीय कोभिड–१९ संकट ब्यवस्थापन केन्द्र रामेछापले जिल्लाको मन्थली नगरपालिकाको ९ र गोकुलगंगा गाउँपालिकाको ३ गरि १२ स्थानलाई कोरोना भाइरस संक्रमण जोखिमयुक्त क्षेत्र तोकेको छ ।
संकट ब्यवस्थापन केन्द्रको आइतबार बसेको बैठकले मन्थली नगरपालिका वडा नं. १ को मन्थली बजार, वडा नं. २ को करमबोट, वडा नं. ३ को मदौ, वडा नं. ६ को कुनौरी र सेलेघाट, वडा नं. ७ को मुगिटार, वडा नं. ८ को गाइखुरा, वडा नं. १३ को देविटार र वडा नं. १४ को पूmलासी पोखरी क्षेत्रलाई जोखिमयुक्त क्षेत्र तोकेको छ । त्यसैगरी गोकुलगंगा गाउँपालिकाको वडा नं. १, ४ र ५ लाई जोखिमयुक्त क्षेत्रको तोकिएको हो ।
जोखिमयुक्त तोकिएको क्षेत्रमा २०७८ वैशाख २० गते राति १२ बजेदेखि २७ गते राति १२ बजेसम्म शिल÷निषेध गर्ने जिल्ला स्तरीय कोभिड–१९ संकट ब्यवस्थापन केन्द्रले निर्णय समेत गरेको छ ।

जिल्ला स्तरीय कोभिड-१९ संकट ब्यवस्थापन केन्द्रको निर्णयहरु जस्ताकोतस्तै

१. अत्यवश्यक काममा बाहेक बाहिर निस्कन र हिडडुल गर्न निषेध गर्ने,
२. एम्बुलेन्स, दमकल, शवबाहन, खाद्यन्न सामग्री तथा पशुपंक्षीका दाना, तरकारी, फलपूmल, दूध, डेरीजन्य उत्पादन, माछा, मासु, पानी, ग्याँस तथा पेट्रोलियम पदार्थ बोकेको सवारी साधनहरु, औषधी तथा स्वास्थ्य सेवाका सामग्री, बोकेका सवारी साधनहरु, अत्यावश्यक सरकारी कामकाजका लागि प्रयोग हुने सवारी साधनहरु, निर्माण सामग्री बोकेका सवारी साधानहरु, परिचयपत्र बाहक कर्मचारी, प्रेस पास तथा परिचय पत्र बाहक सञ्चारकर्मीले प्रयोग गरेका सवारी साधनहरु मात्र सञ्चालन गर्ने,
३. बीचमा चढाउने, ओराल्ने, नगर्ने गरि राजमार्ग चल्ने लामो दूरीका सवारी साधन बाहेक सो क्षेत्रमा आन्तरिक सार्वजनिक तथा निजी यातायातका साधनहरु बन्द गर्ने,
४. निर्माण तथा खाद्य सामग्रीका सवारी साधनमा चालक र सहचालक मात्र रहन पाउने,
५. औषधी एवं स्वास्थ्य सामग्रीका पसलहरु २४ सै घण्टा खुल्ला रहने,
६. खाद्य सामग्री तथा पशुपक्षीका दाना, तरकारी, फलपूmल, दूध, डेरीजन्य उत्पादन, माछा, मासु, पानी, ग्याँसलगायतका अत्यावश्यक सेवाका पसलहरु मात्र स्वास्थ्य सुरक्षाका मापदण्डहरुको पूर्णपालना गरि बिहान ६ बजेदेखि ९ बजेसम्म र साँझ ५ बजेदेखि ७ बजेसम्म मात्र सञ्चालन गर्ने,
७. बैंक तथा बित्तीय संस्थाहरुले अत्यावश्यक सेवाहरुमात्र स्वास्थ्य सुरक्षाका मापदण्डहरुको पूर्ण पालना हुने गरी न्यूनतम कर्मचारीहरुबाट सेवा प्रवाहको ब्यवस्था मिलाउने,
८. अत्यावश्यक कार्यमा जिल्लाको प्रवेश नाकाहरुबाट यस जिल्ला प्रवेश गर्ने जिल्ला भित्रका नागरिकहरुलाई सम्बन्धित पालिका तथा वडाको क्वारेन्टिन तथा आइसोलेसनमा राख्ने सुनिश्चितता सहित सिफारिस भएकोमा बाहेक प्रवेश गर्न नदिने ।
उल्लेखित सूचनाको अवज्ञा गर्नेहरुलाई संक्रमण रोग ऐन २०२० तथा स्थानीय प्रशासन ऐन २०२८ बमोजिम कारबाही गरिने ब्यहोरा समेत जानकारी गराइन्छ ।

Share this

प्रतिकृया

Add