रामेछापको ५ जना पत्रकारमा कोरोना संक्रमण पुष्टि

 बिहिबार, बैशाख २३, २०७८ | onlinenews
Share this

रामेछाप– जिल्लाका ५ जना पत्रकाहरुमा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । कान्तिपुर टेलिभिजन र न्यूज २४ टेलीभिजनका जिल्ला संवाददाता सहित अन्य तीन जना पत्रकारहरुमा कोरोना भाइरस संक्रमण पुष्टि भएको हो ।
त्यसैगरी स्वाव परीक्षण गराएका अन्य २४ जनामा कोरोना संक्रमण पुष्टि भएको जिल्ला स्वास्थ्य कार्यालय रामेछापले जानकारी दिएको छ । कोरोना संक्रमित हुनेहरुमा मन्थली नगरपालिकाका पत्रकार सहित २६ जना र रामेछाप नगरपालिकाको ३ जना रहेका छन् ।
यो सहित रामेछाप जिल्लामा कोरोना संक्रमितको संख्या ३ सय ४ जना पुगेको छ भने ६९ जना आइसोलेसनमा रहेका छन् । पत्रकारहरुलाई भने महासंघ जिल्ला शाखाको भवनमा आइसोलेशन कक्ष बनाएर राख्ने तयारी भइरहेको नेपाल पत्रकार महासंघ जिल्ला शाखा रामेछापले जनाएको छ ।

Share this

प्रतिकृया

Add