दोरम्बाको गौश्वारामा एक टोलबाट अर्को टोल जान प्रतिबन्ध

 बुधबार, जेष्ठ ५, २०७८ | onlinenews
Share this

रामेछाप– गाउँगाउँमा कोरोना भाइरसको संक्रमण तीब्र रुपमा फैलिएपछि रामेछापको दोरम्बा शैलुङ्ग गाउँपालिका–४ गौश्वाराले स्थानीयलाई एक टोलबाट अर्को टोलमा जान प्रतिबन्ध लगाएको छ ।
काठमाडौं लगायतका जिल्ला बाहिर रहेका ब्यक्तिहरुलाई पनि वडा कार्यालयले तत्कालको लागि घर फर्किन रोक लगाएको छ । दोरम्बा शैलुङ्ग गाउँपालिकामा कोरोना संक्रमण तीब्र रुपमा फैलिएपछि वडालाई सुरक्षित गर्नको लागि स्थानीयलाई बाहिर हिडडुल गर्न नदिएको दोरम्बा शैलुङ्ग गाउँपालिका–४ का अध्यक्ष चन्द्रबहादुर थापामगर ‘टलक’ ले जानकारी दिए ।
एक टोलको मानिसलाई अर्को टोलमा जान रोक लगाउनुका साथै स्थानीयलाई सचेत गराउँन जनजागरणको लागि गाउँगाउँमा माइकिङ्ग गर्दै हिडिएको पनि वडा अध्यक्ष मगरले जानकारी दिए ।
कोरोना भाइरसबाट जोगिनको लागि अपनाउनु पर्ने उपाए तथा सचेतनाको बारेमा स्थानीयलाई जानकारी गराउँन वडा अध्यक्ष लगायत सीमित ब्यक्तिद्धारा माइकिङ्ग मार्फत सचेतना अभियान सञ्चालन गरिएको वडा सदस्य रोहित थापामगरले बताए । वडाबासीहरुमा अहिलेसम्म कोरोना संक्रमण फैलिन नपाएको र संक्रमण फैलिन नदिनको लागि सचेतना अभियानन मार्फत स्थानीयलाई सचेत गराइएको उनको भनाई छ ।
वडाबासीहरुमा कोरोनाको संक्रमणसँग मिल्दो लक्ष्ण सहितको स्वास्थ्य समस्या भएमा तत्काल वडा अध्यक्ष वा बडा सदस्य रोहित मगरलाई सम्पर्क गर्न पनि वडा कार्यालयले वडाबासीलाई अनुरोध गरेको छ ।

Share this

प्रतिकृया

Add