दोरम्बाको गौश्वारमा ५६ जनाले स्वाव दिएकोमा ३८ जनाको पोजेटिभ

 शनिबार, जेष्ठ ८, २०७८ | onlinenews
Share this

रामेछाप– दोरम्बा शैलुङ्ग गाउँपालिकामा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण समुदाय स्तरमा फैलिएको छ । गाउँपालिकामा कोरोना संक्रमितहरुको संख्या तीब्र रुपमा बढिरहेको बेला वडा नं. ४ गौश्वारामा समुदाय स्तरमा गरिएको कोरोना परीक्षणमा परीक्षण गरिएका मध्य ६८ प्रतिशतमा संक्रमण पुष्टि भएको छ ।
गौश्वारको ५६ जना स्थानीयको स्वाव परीक्षण गरिएकोमा ३८ जनामा कोरोना पोजेटिभ देखिएको दोरम्बा शैलुङ्ग गाउँपालिका–४ का वडा सदस्य रोहित मगरले जानकारी दिए । वडा कार्यालयले बडाबासीलाई सर्तक गराउँदा गराउँदै पनि समुदाय स्तरमा कोरोना फैलिनबाट रोक्न नसकिएको वडा सदस्य मगरको भनाई छ ।
वडा कार्यालय सधैभरी जनताको साथमा रहेको भन्दै कोरोना संक्रमित भइयो भन्दैमा नआत्तिन आम बडाबासीमा वडा अध्यक्ष चन्द्रबहादुर मगर ‘टलक’ ले अपिल गरेका छन् । थप सतर्कता अपनाउन पनि अध्यक्ष मगर वडाबासीलाई अनुरोध गरेका छन् ।

Share this

प्रतिकृया

Add