वडा अध्यक्ष मगर स्वास्थ्य सामग्री लिएर कोरोना संक्रमितको घरघरमा

 आइतवार, जेष्ठ ९, २०७८ | onlinenews
Share this

रामेछाप– दोरम्बा शैलुङ्ग गाउँपालिका–४ मा कोरोना भाइरस (कोभिड–१९) को संक्रमितहरुलाई वडा कार्यालयले स्वास्थ्य सामग्री प्रदान गरेको छ । वडाको समुदाय स्तरमा कोरोना भाइरस संक्रमण फैलिएपछि वडा अध्यक्ष चन्द्रबहादुर मगर ‘टलक’ ले संक्रमितहरुको घरघरमै पुगेर अत्यावश्यक स्वास्थ्य सुरक्षाका सामग्री प्रदान गरेका हुन् ।
स्वास्थ्यकर्मी सहित संक्रमितहरुको घरघरमा पुगेका वडा अध्यक्ष मगरले संक्रमितहरुको स्वास्थ्य अवस्थाको बारेमा समेत जानकारी दिएका छन् । स्वास्थ्यमा समस्या भएमा वा कम्जोरी महशुस भएमा तत्काल आपूmलाई फोन गर्न पनि वडा अध्यक्ष मगरले संक्रमित तथा वडाबासीहरुलाई अनुरोध गरेका छन् ।


संक्रमितहरुलाई नआत्तिन आग्रह गर्दै समस्या परेमा आवश्यक सहयोग गर्ने पनि उनले प्रतिवद्धता जनाएका छन् । संक्रमितहरुले स्वास्थ्य अवस्था कम्जोर भएको महशुस गरेमा वडाको तर्फबाट भिटामीन तथा आवश्यक औषधीहरु उपलब्ध गराइने पनि वडा अध्यक्ष मगरले बताएका छन् । गौश्वारको ५६ जना स्थानीयको स्वाव परीक्षण गरिएकोमा ३८ जनामा कोरोना पोजेटिभ देखिएको थियो । कोरोना संक्रमितहरुलाई होमआइसोलेसनमा राखिएको वडा सदस्य रोहित मगरले जानकारी दिए ।
कोरोना संक्रमणलाई समुदाय स्तरमा थप फैलिन नदिनको लागि अपनाउनु पर्ने सावधानी र सचेतनाको बारेमा वडा अध्यक्ष मगर आफै टोलटोलमा माइकीङ मार्फत जानकारी दिदै हिडेका छन् ।

Share this

प्रतिकृया

Add