सामुदायिक विकास समाजद्धारा २ पालिकालाई ३७ लाख बराबरको स्वास्थ्य सामग्री प्रदान

 मङ्लबार, जेष्ठ १८, २०७८ | onlinenews
Share this

रामेछाप– विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड—१९) संक्रमण रोकथाम, नियन्त्रण तथा संक्रमितहरुको स्वास्थ्य उपचारमा सहयोग पुर्याउने उद्देश्यले सामुदायिक विकास समाज मन्थली, रामेछापले खाँडादेवि र सुनापति गाउँपालिकालाई भारि मात्रामा स्वास्थ्य सुरक्षा सामग्री प्रदान गरेको छ ।
पिएसएफ लक्जेवर्गको आर्थिक सहयोग तथा तेर दे जोम्स जर्मनी मार्फत सामुदायिक विकास समाजद्वारा संचालित महिला तथा बाल स–शक्तिकरण स्वास्थ तथा सरसफाई परियोजनाको सहयोगमा पालिकाको कोभिड अस्पताल साथै २४ स्वास्थ्य संस्थालाई स्वास्थ्य सामग्री उपलब्ध गराएको हो ।


दुई गाउँपालिकालाई गरि अक्सिजन कन्सेन्टेटर ६ थान, अक्सिजन सिलिन्डर २० थान, पिपीई सेट ५ सय थान, एन्टिजेन किट २ सय थान, इन्फोरेट थर्ममिटर ४९ थान, सर्जिकल मास्क २० हजार ५ सय थान, पञ्जा ४ हजार ५ सय जोर, स्यानिटाइजर ५ लिटरको ६ वटा, १ लिटरको १ सय ४५ वटा, डिसइन्फेक्सन पम्प १० वटा, डिसइन्फेक्सन लिक्विड २९ लिटर अक्सिमिटर ८० थान, फेस शिल्ड १० वटा, डिजिटल थर्ममिटर ६१ थान, हात धुने सावुन ५०० एमएलको ७० थान, लगायत १७ थरिका स्वास्थ्य सुरक्षाका सामग्री प्रदान गरेको हो ।
यहि २०७८ जेष्ठ १७ गते गाउँपालिका अध्यक्षहरु, वडा अध्यक्ष, प्रमुख प्रशासकीय अधिकृत, स्वास्थ्य शाखा प्रमुख लगायत स्वास्थ्यकर्मीहरुको उपस्थितिमा उक्त स्वास्थ्य सामग्री हस्तान्तरण गरिएको हो । खाँडादेवी गाउँपालिकालाई करिब २० लाख र सुनापति गाउँपालिकालाई करिब १७ लाख गरि करिब ३७ लाख बराबरको स्वास्थ्य सामग्री उपलव्ध गराइएको सामुदायिक विकास समाज मन्थली, रामेछापका कार्यकारी निर्देशक मिलन कुमार घिसिङले जानकारी दिए ।


पालिकामा रहेको दुई वटा अस्थायी कोभिड अस्पताल लगायत दुई वटा गाउँपालिका भित्र रहेका स्वास्थ्य चौकी, सामुदायिक स्वास्थ्य इकाई लगायत २४ वटा स्वास्थ्य संस्थाहरुलाई स्वास्थ्य सामग्री प्रदान गरिएको पिएसएफ लक्जेवर्गको आर्थिक सहयोग तथा टिडिएच जर्मनी मार्फत सामुदायिक विकास समाजद्वारा संचालित महिला तथा बाल सशक्तीकरण स्वास्थ तथा सरसफाइ परियोजना संयोजक तिलक कार्कीले जानकारी दिए ।
साथै खाँडादेवी गाउँपालिकामा रहेका १ सय १० जना र सुनापति गाउँपालिकामा १ सय १५ जना (कोभिड—१९) का संक्रमितहरुलार्ई १ लिटरको विद्युतीय जग, च्यावनप्रास, विभिन्न भिटामिन र मास्क लगायतको प्याकेज पनि उपलव्ध गराइएको सामुदायिक विकास समाजका कार्यकारी निर्देशक मिलन कुमार घिसिङले जानकारी दिएका छन् । निर्देशक घिसङका अनुसार प्रतिब्यक्ति १ हजार १ सय ७५ रुपैयाँ बराबरको प्याकेज उपलब्ध गराइएको छ ।
गाउँपालिकालाई अत्यावश्यक स्वास्थ्य सामग्री प्राप्त भएको र प्राप्त सामग्री एक दुई दिनमै सम्बन्धि स्वास्थ्य संस्था तथा संक्रमितहरुसम्म पुर्याउने खाँडादेवि गाउँपालिका अध्यक्ष प्रेमबहादुर तामाङले बताए । सहयोगी डोनर र सामग्री उपलब्ध गराउने सामुदायिक विकास समाजलाई अध्यक्ष तामाङले धन्यवाद ग्यापन समेत गरे । प्राप्त स्वास्थ्य सुरक्षा सामग्रीबाट गाउँपालिकामा कोरोना भाइरस रोकथान तथा नियन्त्रणमा पहत्वपूर्ण सहयोग पुग्ने बताए ।


प्राप्त भएको स्वास्थ्य सुरक्षा सामग्रीहरु सहयोगी दाताको उद्देश्य अनुरुप तत्कालै पालिकाभित्रको सम्बन्धित स्वास्थ्य संस्था तथा संक्रमितहरुसम्म पु¥याउने पनि प्रतिवद्धता ब्यक्त गरे ।
त्यसैगरी सुनापति गाउँपालिका अध्यक्ष धावा लामाले प्राप्त स्वास्थ्य सामग्रीले संक्रण रोकथाम तथा नियन्त्रणमा महत्वपूर्ण योगदान पुग्ने भन्दै थप सहयोगको लागि समेत अनुरोध गरे ।
सामुदायिक विकास समाजले स्वास्थ्य सामग्री उपलब्ध गराएर कोभिड रोकथाम, नियन्त्रण तथा संक्रमितको उपचारमा महत्वपूर्ण सहयोग गरेकोमा धन्यवाद ग्यापन गरे । सामुदायिक समाजले माहामारीको नियन्त्रणमा सहयोग पुर्याउनुका साथै अन्य विकास निर्माणको क्षेत्रमा पनि सुनापति गाउँपालिकामा महत्वपूर्ण योगदान दिएको भन्दै सामुदायिक विकास समाजसँग आपूmहरु निरन्तर सहयात्रा गरेर अघि बढ्ने समेत अध्यक्ष लामाले बताए ।
परियोजनाले सुनापति र खाँडादेवि गाउँपालिकामा स्वास्थ्य तथा सरसफाइको अवस्थामा सुधार ल्याउनका लागि विभिन्न जनचेतनामूलक गतिविधिहरु समेत सञ्चालन गर्दै आएको छ ।

 

 

Share this

प्रतिकृया

Add