स्वर्गद्वारी जिप दुर्घटनामा मृतकको संख्या ७ पुग्यो, शवलाई हेलिकोप्टरबाट काठमाडौं ल्याउने

 शुक्रबार, चैत्र ११, २०७३ | onlinenews
Share this

प्यूठान, चैत ११ – प्यूठान जिल्ला स्वर्गद्धारी नगरपालिका वडा नं। ४ को रुमाले भन्ने ठाउँमा शुक्रबार ९आज० विहान करिब बा ८ च १५६१नम्वरको जीप दुर्घट्ना हुँदा ७ जनाको मृत्यु भएको छ भने दुई जना घार्इते भएका छन् ।

मृत्यु हुनेहरूमा ललितपुर १४ तिखेदेवल घर भएका एकै परिवारका दिनेश ध्वज बस्नेत, उनकी श्रीमती पद्मा बस्नेत, छोरीहरू दिया बस्नेत, दीक्षा बस्नेत रहेका छन् भने सोही निवासी श्रृष्टी जि सी र अम्बिका गजुरेलको घटना स्थलमै मृत्यु भएको हो भने भने सुनिता श्रेष्ठको उपचारका लागि बुटवल लैजादै गर्दा मृत्यु भएको प्रमुख जिल्ला अधिकारी यदुनाथ पौडेलले जानकारी दिएका छन् ।

घाइते भएका चालक सरोज घले र सुशील जि सी ९बराल०को प्राथमिक उपचार केन्द भिंग्रीमा सामान्य उपचार पछि थप उपचार बुटवलमा भइरहेको स्रोतले जनाएको छ ।

जिप सडकबाट ७ सय मिटर तल खसेको थियो । चालक उपचारकै क्रममा भएकाले दुर्घटना हुनुको कारण खुल्न नसकेको जिल्ला प्रहरी स्रोतले जनाएको छ । काठमाण्डौ बाट स्वर्गद्धारी दर्शनको लागि हिजो आएको र आज ९शुक्रबार० विहान भिंग्रीबाट स्वर्गद्धारी मन्दिर तर्फ जादै गर्दा दुर्घट्ना भएको हो । घटनास्थलमै मृत्यु भएका ६ जानको शव इलाका प्रहरी कार्यालय भिंग्रीमा पोष्टमार्टम गरि हेलिकप्टरबाट काठमाडौं लैजाने तयारी भएको प्रजिअ पौडेलले जानकारी दिएका छन् ।

Share this

प्रतिकृया

Add