राष्ट्रिय युवा परिषदका कार्यकारी उपाध्यक्ष ढुंङ्गेलको पहलमा स्वास्थ्य सामग्री प्रदान

 शुक्रबार, जेष्ठ २१, २०७८ | onlinenews
Share this

रामेछाप– राष्ट्रिय युवा परिषदका कार्यकारी उपाध्यक्ष माधव ढुङ्गेलको पहलमा जिल्ला स्वास्थ्य कार्यालय रामेछाप र जिल्ला स्तरीय (कोभिड–१९) संकट ब्यवस्थापन केन्द्रलाई पिपि गाउँन, फेस शिल्ड, स्यानिटाइजर, मास्क लगायतका स्वास्थ्य सुरक्षाका सामग्री प्रदान गरिएको छ ।
कार्यकारी उपाध्यक्ष ढुङ्गेलले जिल्ला युवा समिति रामेछाप मार्फत जिल्ला स्वास्थ्य कार्यालय रामेछापलाई पिपि गाउँन २ सय थान, एन ९५ मास्क १ सय थान, सर्जिकल मास्क २ हजार थान, फेस शिल्ड २ सय थान, आइआर थर्ममिटर ३ थान र पञ्जा ५ सय जोर प्रदान गरेको हो ।

त्यसैगरी जिल्ला स्तरीय (कोभिड–१९) संकट ब्यवस्थाप केन्द्र रामेछापलाई सर्जिकल मास्क १ हजार थान, फेस शिल्ड ३ सय थान, पिपि गाउँन १ सय थान र स्यानिटाइजर ५० लिटर प्रदान गरिएको जिल्ला युवा समिति रामेछापका अध्यक्ष प्रकाश कार्कीले जानकारी दिए ।

जिल्ला स्वास्थ्य कार्यालयलाई प्रदान गरिएको स्वास्थ्य सामग्री राष्ट्रिय युवा परिषदका कार्यकारी उपाध्यक्ष माधव ढुङ्गेलले आफ्नो पहलमा स्वास्थ्य सेवा विभागबाट उपलब्ध गराएका हुन् भने जिल्ला स्तरीय (कोभिड–१९) संटक ब्यवस्थापन केन्द्रलाई प्रदान गरिएको स्वास्थ्य सामग्री युवा समिति रामेछापको पहलमा राष्ट्रिय युवा परिषदले सहयोग गरेको हो ।


जिल्लामा कोरोना भाइरस संक्रमितको संख्या बढिरहेका अवस्थामा संक्रमण रोकथाम तथा नियन्त्रणमा सहयोग पु¥याउने उद्देश्यले स्वास्थ्य सुरक्षाका सामग्री प्रदान गरिएको युवा समितिका अध्यक्ष कार्कीले बताए ।
जिल्ला स्तरीय संकट ब्यवस्थापक केन्द्र रामेछापलाई प्रदान गरिएको स्वास्थ्य सामग्री भने प्रमुख जिल्ला अधिकारी गौलोचन सैजुले जिल्ला स्वास्थ्य कार्यालय रामेछापका प्रमुख जितेन्द्र कर्णलाई हस्तान्तरण गरेका छन् ।

Share this

प्रतिकृया

Add