मन्थली र रामेछाप नगरपालिकाका विभिन्न स्वास्थ्य संस्थालाई अक्सिजन सिलिण्डर प्रदान

 बिहिबार, असार ३, २०७८ | onlinenews
Share this

रामेछाप– मन्थली र रामेछाप नगरपालिकाको विभिन्न स्वास्थ्य संस्थाहरुलाई अक्सिजन सिलिण्डर तथा रेगुटेर प्रदान गरिएको छ । भेरियन्ट सहितको कोरोना भाइरस (कोभिड–१९) अझै पैmलिन सक्ने सम्भावनालाई मध्यनजर गरि सामुदायिक विकास समाज, शृजनशिल युवा समाज र सामुदायिक जनशक्ति विकास कार्यक्रम गोल्माटारको समन्वयमा सञ्चालित वातावरण संरक्षण परियोजनाको सहयोगमा अक्सिजन सिलिण्डर तथा रेगुलेटर प्रदान गरिएको हो ।


संस्थाले जिल्ला अस्पताल रामेछापलाई अक्सिजन सहितको ४० केजीको सिलिण्डर ९ वटा र प्राथमिक स्वास्थ्य केन्द्र मन्थलीलाई ८ वटा प्रदान गरेको छ । वातावरण संरक्षण परियोजनाको कार्यक्षेत्र भित्र पर्ने मन्थली नगरपालिकाको वडा नं. १ को प्राथामिक स्वास्थ्य केन्द्र साथै वडा नं. २, ३, ४, ५ र ६ मा रहेको स्वास्थ्य चौकी तथा शहरी स्वास्थ्य केन्द्रहरुमा अक्सिजन सहितको सिलिण्डर प्रदान गरेको छ । त्यसैगरी रामेछाप नगरपालिकाको वडा नं. ७ र ९ मा रहेका स्वास्थ्य संस्थाहरुमा पनि अक्सिजन सहितको सिलिण्डर प्रदान गरिएको सामुदायिक विकास समाजका कार्यकारी निर्देशक तथा वातावरण संरक्षण परियोजनाका ब्यवस्थापक मिलनकुमार घिसिङले जानकारी दिए ।


मन्थली नगरपालिकामा वडा नं. १ मा रहेको प्राथमिक स्वास्थ्य केन्द्र बाहेक ५ वटा र रामेछाप नगरपालिकाको २ वटा वडाहरुमा रहेका विभिन्न स्वास्थ्य संस्थाहरुलाई ३७ वटा अक्सिजन सहितको सिलिण्डर प्रदान गरिएको घिसिङले जानकारी दिए । प्रत्येका स्वास्थ्य संस्थालाई तीन वटाका दरले सिलिण्डर दिइएको घिसिङले बताए ।
सिलिण्डर बुझ्दै जिल्ला अस्पताल रामेछापका ब्यवस्थापन समिति अध्यक्ष रोशन पाख्रिनले प्राप्त भएको सक्सिजनले कोरोना भाइरस संक्रमण रोकथाम तथा नियन्त्रणमा सहयोग पुग्ने बताए । सरकारले लकडाउनलाई खुकुलो बनाए पनि कोरोना महामारी नियन्त्रणमा आइनसकेको भन्दै अक्सिजन अत्यावश्य रहेको बताए । अक्सिजन प्रदान गरेकामा वातावरण संरक्षण परियोजना तथा सम्बन्धित संस्थाहरुलाई धन्यवाद समेत ज्ञापन गरे ।
त्यसैगरी मन्थली नगरपालिका वडा नं. १ का अध्यक्ष नारायणदाश श्रेष्ठले कोरोना भाइरसको संक्रमण नियन्त्रण तथा रोकथामको लागि अक्सिजन अत्यावश्यक रहेको भन्दै दाता संस्थालाई धन्यवाद ब्यक्त गरे ।

Share this

प्रतिकृया

Add