रामेछाप नगरपालिकाको ४ स्वास्थ्य संस्थालाई स्वास्थ्य सामग्री प्रदान

 मङ्लबार, असार १५, २०७८ | onlinenews
Share this

रामेछाप– रामेछाप नगरपालिकाको विभिन्न ४ वटा स्वास्थ्य संस्थाहरुलाई स्वास्थ्य सामग्री प्रदान गरिएको छ । ताइवानको चु.जी फाउण्डेशन नामक संस्थाको सहयोग तथा तामाकोसी अस्पताल मन्थली रामेछापका निर्देशक डा. सुमन कर्माचार्यको समन्वयमा उक्त स्वास्थ्य स्वास्थ्य सामग्री प्रदान गरिएको हो ।
रामेछाप नगरपालिका वडा नंं. २ देउराली हेल्थपोष्ट, वडा नं. ६ च्यास्कु हेल्थपोष्ट, वडा नं. १ गोठगाउँ हेल्थपोट र वडा नं. ४ को बोलङबोलङ हेेेल्थपोष्टलाई अक्सिजन कन्सन्टेटर १ थान, नेवुलाइजर २ थान, पल्स अक्सिमिटर २ थान, पीपी सेट १० थान, स्यानिटाइजर ५ लिटर र एन ९५ मास्क ५ सय थानका दरले वितरण गरिएको छ ।
रामेछापको मन्थली र रामेेेछाप नगरपालिका साथैै ओखलढुङगाको रानीबनलाई गरि ४० लाख रुपैयाँ बराबरको स्वास्थ्य सामग्री आएको चु.जी फाउण्डेशनका प्रतिनिधि तथा तामाकोसी अस्पतालका निर्देशक डा. सुमन कर्माचार्यले जानकारी दिए । फाउण्डेशनको तर्फबाट स्वास्थ्य संस्थाहरुको लागि डा. कर्माचार्यले नगरपालिकालाई एकमुष्ट रुपमा स्वास्थ्य सामग्री हस्तारण गरेका थिए भने नगरपालिकाले सम्बन्धित वडाहरुलाई उक्त स्वास्थ्य सामग्री वितरण गरेको हो ।
स्वास्थ्य सामग्री बुझ्दै रामेछाप नगरपालिका उपप्रमुख सृजना खड्काले सहयोग गर्ने संस्था र समन्वय गर्ने गरि स्वास्थ्य सामग्री ल्याउने संस्थालाई धन्यवाद ज्ञापन गरिन । कोरोनाको महामारीसँग लडिरहेका रामेछाप नगरपालिकाका नागरिकहरुले चु.जी. फाउण्डेशनद्धारा प्रदान गरिएको स्वास्थ्य सामग्रीबाट प्रत्येक्ष लाभ लिने उपप्रमुख खड्काले बताइन । मावन सेवाको भावना राखेर ताइवानमा रहेको चुजी फाउण्डेशनले सहयोग गरेको स्वास्थ्य सामग्रीबाट कोरोनासँग लडिरहेका रामेछाप नगपालिकाको नागरिकलाई अतुलनीय सहयोग पुग्ने आपूmले अपेक्षा राखेको पनि खड्काले बताइन ।
त्यसैगरी जिल्ला अस्पताल रामेछापलाई पनि अक्सिजन कन्सन्टेटर १ थान, नेवुलाइजर १ थान, पल्स अक्सिमिटर २ थान, पीपी सेट १० थान, स्यानिटाइजर ५ लिटर र एन ९५ मास्क ५ सय थान प्रदान गरिएको छ ।

Share this

प्रतिकृया

Add