मन्थलीमा पनि खुल्यो मोटरहेड मोटरसाइकलको सोरुम

 शुक्रबार, साउन २९, २०७८ | onlinenews
Share this

रामेछाप– रामेछापको सदरमुकाम मन्थलीमा मोटरहेड मोटरसाइकलको सोरुम खुलेको छ । मोटरहेड मोटरसाइकलको नेपालका लागि आधिकारी वितरक कम्पनी एसएलआर टेक्नो एण्ड ट्रेड प्रा.लि.ले सदरमुकाम मन्थलीमा सोरुम स्थापना गरेको हो ।
शुक्रबार एक अनौपचारिक कार्यक्रमको आयोजना गरि सोरुम आधिकारिक रुपमा शुभारम्भ गरिएको हो । मन्थलीमा मोटरहेड मोटरसाइकलको आधिकारिक सोरुमको रुपमा नु.बि. ट्रेडर्स सञ्चालनमा आएको छ ।


विगत पाँच वर्षदेखि नेपाली बजारमा आएको मोटरहेड मोटरसाइकल अन्य मोटरसाइकलको तुलनामा सस्तो र प्रभावकारी रहेको एसएलआर टेक्नो एण्ड टे«ड प्रा.लिका महाप्रबन्धक उज्वल जोशीले बताए । जापानीज प्रविधिमा चाइनाले उत्पादान गरेको सो मोटरसाइकले छोटै समयमा एसियाको बजारमा लोकप्रियता कमाउन सफल भएको पनि महाप्रबन्धक जोशीले बताए ।
यो मोटरसाइलक रोड र अफरोड दुवैको लागि निकै प्रभावकारी रहेको उनले बताए । राम्रो पिकअप साथै इन्धनको माइलेज पनि राम्रो भएकाले यो मोटरसाइकले राम्रो बजार लिनेमा आपूm विश्वस्त रहेको जोशीको भनाई छ ।


वितरण कम्पनीले मोटर साइकलको खरिदसँगै ३० प्रतिशत पार्टहरु पनि ल्याउनुपर्ने भएकाले अब मोटरहेड मोटरसाइकलको पाटर्स र सर्भिसको लागि समस्या नहुने पनि उनले बताए । रामेछाप जिल्लामा अफरोड धेरै भएको र आफरोडको लागि प्रभावकारी भएकाले मोटरहेड मोटरसाइकले रामेछापमा राम्रो बजार लिनेमा आपूm ढुक्क रहेको रामेछापको आधिकारी विक्रेता (सोरुम) नु.बि. ट्रेडर्सका सञ्चालक बिबेक केसीको भनाई छ ।


देशभरी १६ वटा बिक्री केन्द्र रहेको मोटरहेड मोटरसाइकलको बिक्री केन्द्र यस वर्ष २५ वटा पुर्याउने लक्ष्य रहेको वितरक कम्पनीले जनाएको छ । हाल नेपालमा २ हजार ५ सय भन्दा बढी मोटरहेड मोटरसाइकल प्रयोगकर्ता रहेका छन् । मन्थलीमा सोरुप उद्घाटन गर्नु अघि एक दर्जन भन्दा बढी मोटरहेड मोटरसाइकलले बजार परिक्रमा समेत गराइएको थियो ।

 

Share this

प्रतिकृया

Add