केही स्वाथ्यकर्मीको भूमिका सन्तोषजनक छैनः नगरप्रमुख वस्नेत

 शुक्रबार, भदौ १८, २०७८ | onlinenews
Share this

नवराज विश्वकर्मा


रामेछाप– मन्थलीन नगरपालिका प्रमुख रमेशकुमार बस्नेतले प्राथमिक स्वाथ्य केन्द्र मन्थलीमा कार्यरत केही स्वास्थ्यकर्मीको भूमिका सन्तोषजनक नभएको बताए । स्वास्थ्यकर्मीहरुमा देखिएको अटेरीपना, तोकिएको स्थानमा नजाने प्रबृत्तिका कारण स्वास्थ्य केन्द्रले प्रवाह गर्ने सेवा नागरिकमैत्री र सन्तोषजनक हुन नसकेको नगरप्रमुख बस्नेतले भनाई छ । केही कर्मचारीमा केही कर्मचारीमा अराजक प्रबृत्ति देखिएको नगरप्रमुख बस्नेतले बताए ।
शुक्रबार मानव अधिकार संरक्षण सञ्जाल रामेछाप र इन्सेकद्धारा आयोजित कार्यक्रममा बस्नेतले यस्तो बताएका हुन् । कार्यक्रममा सहभागि सरोकारवालाहरुले प्राथमिक स्वास्थ्य केन्द्रका स्वास्थ्यकर्मीको कार्यशैलीप्रति असन्तुष्टि ब्यक्त गर्दै प्रश्न उठाएपछि, प्रश्नको जावाफ दिने क्रममा नगरप्रमुख बस्नेतले केही कर्मचारीको कार्यशैली सन्तोषजनक नरहेको बताएका हुन् ।
स्थानीय स्तरका समस्या पहिचानको उद्देश्यले आयोजना गरिएको छलफल कार्यक्रममा सहभागीहरुले प्राथमिक स्वास्थ्य केन्द्र मन्थली र तामाकोसी अस्पतालका स्वास्थ्यकर्मीहरुले विरामीलाई गर्ने ब्यवहारको आलोचना गरेका थिए ।
कार्यक्रममा गैरसरकारी संस्था महासंघका उपाध्यक्ष रत्नप्रसाद कडेलले प्राथमिक स्वास्थ्य केन्द्रको ल्याव र प्रशासनिक फाँटमा रहेका कर्मचारीले सेवाग्राहीलाई गर्ने व्यवहार रतिभर पनि ठीन नभएको भन्दै असन्तुष्टि ब्यक्त गरे । सर्वसाधरण नागरिकहरु स्वास्थ्य सेवाका लागि जाँदा घण्टौँ लाइनमा बस्नुर्ने तर सरकारी कर्मचारी र चिनेजानेका व्यक्तिलाई भने पालो मिचेर तुरन्तै सेवा दिनेको गरेको कडेलले बताए । स्वास्थ्यकर्मीले समेत सेवा प्रवाहमा विभेद गर्ने गरेको कडेलले बताए ।
कार्यक्रमको सहभागि सिर्जना बस्नेतले तामाकोशी अस्पतालमा आफू सेवा लिन जाँदा गर्भवती जाँच फाँटमा कार्यरत स्वास्थ्यकर्मीले अभद्र व्यहार गरेको गुनासो गरिन । त्यस्तै अर्को एक सहभागिले तामाकोशी अस्पतालले स्वास्थ्य विमा गराएका नागरिकहरुसँग टिकट बापत ५० रुपैयाँ लिँदै आएको गुनासो गरे ।
कानून व्यवसायी, गैरसरकारी संस्था महासंघका प्रतिनिधि, मानव अधिकारकर्मी र पत्रकारहरुले समेत अस्पतालका स्वास्थ्यकर्मीको व्यवहार र संस्थाले गरेका गतिविधिका बारेमा प्रश्न उठाएका थिए ।
स्वास्थ्य विमा गराएका विमितहरुले सेवा लिन अस्पताल जाँदा घण्टौँसम्म लाइनमा बस्नुपर्ने बाध्यताको अन्त्य गर्नुपर्ने, अस्पतालले विभिन्न बाहनामा बिमित व्यक्तिबाट असुल्दै आएका अनावश्यक शुल्क बन्द गनुपर्ने सरोकारवालाहरुको सुझाव छ ।
तामाकोशी अस्पतालका व्यवस्थापक गोविन्द घिमिरेले पनि अस्पतालका केही कर्मचारीबाट सेवाग्राहीमैत्री ब्यवहार नभएको गुनासा आफूसमक्ष आइपुगेको भन्दै आगामी दिनमा त्यस्ता खालका कमिकमजोरी दोहोरिन नदिने प्रतिबद्धता जनाएका छन् ।
यसअघि अस्पतालले टिकट बापत भनेर लिँदै आएको ५० रुपैयाँ अहिले हटाइएको पनि जानकारी दिए । विमितलाई स्वास्थ्योपचार सेवा दिएबापत प्रतिव्यक्ति दुई सय रुपैयाँका दरले बिमा क्लेमबाट आउनुपर्ने रकम बापतको हुन आउने एक करोड रुपैयाँ नपाएको ब्यवस्थापन घिमिरेले बताए । एचए र सिएमएले गरेका सिफारिसका आधारमा विमितलाई दिएको स्वास्थ्य सेवा बापतका रकम आफूहरुले नपाएको उनको भनाई छ । चिकित्सको सिफारिसमा सेवा लिने व्यक्तिको बिमा क्लेम बापतको रकम अस्तपतालले पाएको तर एचए तथा सिएमएले गरेका सिफारिसका आधारमा विमितलाई दिएको सेवा बापतको रकम नपाएको व्यवस्थापक घिमिरेले बताए ।

Share this

प्रतिकृया

Add