नेपालमा अर्कालाई सम्पत्ती कमाइदिँदा भ्रष्टाचार भएको छ : न्यौपाने
शनिबार, मंसिर १, २०८१
रामेछाप । नेकपा एकीकृत समाजवादी पार्टीले रामेछापमा रमेशकुमार बस्नेतको नेतृत्वमा २ सय १ सदस्यीय जिल्ला कार्यसमिति गठन भएको छ । शानिबार आयोजना गरिएको भेलाले मन्थली नगरपालिकाका मेयर समेत रहेका रमेशकुमार बस्नेतको नेतृत्वमा नेकपा एकीकृत समाजवादी पार्टी रामेछापको जिल्ला समिति गठन भएको हो ।
जिल्ला कार्यसमितिको उपाध्यक्षमा धनलाल योञ्जन र रामबहादुर बुढाथोकी तथा सचिवमा लालसिं घिसिङ चयन भएका छन् । नेकपा एकीकृत समाजवादी पार्टीलाई सशक्त बनाई रामेछापमा ठूलो पार्टीको रुपमा स्थापित गरिने नवगठीत समितिका अध्यक्ष रमेश बस्नेतले बताए ।
भेलामा बागमती प्रदेश इञ्चार्ज केदार न्यौपाने र पार्टीका केन्द्रीय सदस्य तथा रामेछाप जिल्ला इञ्जार्ज देवशंकर पौडलेको उपस्थित रहेको थियो ।