१२ वर्षदेखि १७ वर्ष उमेर समूहका विद्यार्थीलाई कोरोना विरुद्धको खोप

 बुधबार, पुस ७, २०७८ | onlinenews
Share this

नवराज विश्वकर्मा


रामेछाप । रामेछाप जिल्लामा १२ देखि १७ वर्ष उमेर समूहका विद्यार्थीहरुलाई कोरोना भाइरस विरुद्धको खोप लगाउन सुरु गरिएको छ । जिल्लाका १२ देखि १७ वर्षसम्म उमेर समुहका बालबालिकालाई खोप लगाउन सुरु गरिएको हो ।
विद्यार्थीलाई कोरोना विरुद्धको खोप लगाउने अभियान यही पौष १४ गतेसम्म सञ्चालन हुने बताइएको छ । खोप बिहान १० बजेदेखि अपराह्न ४ बजेसम्म लगाइने जिल्ला स्वास्थ्य कार्यालय रामेछापले जनाएको छ ।
जिल्ला स्वास्थ्य कार्यालय रामेछापका अनुसार जिल्लामा १२ देखि १७ वर्ष उमेर समूहका २२ हजार ९ सय ६१ बालबालिका रहेका छन् । तीमध्ये बीस हजार ८ सय ५९ जना बालबालिका नियमित विद्यालयमा उपस्थित भएर अध्ययन गर्दै आएका छन् ।
त्यसैगरी सोही उमेर समूहका विद्यालय बीचैमा छोडेर बसेका, अपाङ्गता भएका र विशेष कारण विद्यालय जान नपाएका दुई हजार १ सय २ जना बालबालिका छन् ।
उनीहरु सबैलाई कारोना विरुद्धको मोडर्ना खोप लगाउन लागिएको स्वास्थ्य कार्यालय रामेछापका जनस्वास्थ्य अधिकृत भुवन थापाले जानकारी दिए । पहिलो डोज खोप लगाएको २८ दिनपछि दोस्रो डोजको खोप लगाउन सुरु गरिने पनि उनले जानकारी दिए ।
विद्यार्थीलाई खोप लगाउनका लागि जिल्लाभरीमा १ सय ४५ खोप केन्द्र तोकिएको छ । जनस्वास्थ्य अधिकृत थापाका अनुसार १२ देखि १७ वर्ष उमेर समूहका दुई सय जनाभन्दा बढी बालबालिका रहेका विद्यार्थीमा भने विद्यालयमै पुगर खोप लगाइने छ ।

Share this

प्रतिकृया

Add