यौन दुर्ब्यवहारको आरोपमा शिक्षक पक्राउ

 मङ्लबार, पुस २७, २०७८ | onlinenews
Share this

नवराज विश्वकर्मा


रामेछाप । बालिकालाई यौन दुर्ब्यवहार गरेको आरोपमा मन्थली नगरपालिका–११ स्थित शारदा माध्यमिक विद्यालय गेलु सावाडाँडाका एक शिक्षक पक्राउ परेका छन् । सोही विद्यालयको कक्षा ९ मा ध्ययनरत बालिकालाई यौन दुर्ब्यवहार गरेको आरोपमा सप्तरी जिल्लाको बलान बेहोल गाउँपालिका–२ का ३८ वर्षीय दिनेशकुमार गुप्तालाई प्रहरीले पक्राउ गरेको हो । घर जाँदै गरेकी बालिकालाई शिक्षक गुप्ताले उत्तरपुस्तिका हेर्न आउ भनी हातमा समातेर जबर्जस्ती आफ्नो कोठामा लगेर संवेदनशील अंङ्गहरुमा समाई दुर्ब्यवहार गरेका थिए । गुप्तालाई आइतबार पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय रामेछापले जनाएको छ । शिक्षक गुप्तामाथि अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय रामेछापका सूचना अधिकारी प्रहरी निरीक्षक श्रीशङ्कर श्रेष्ठले जानकारी दिए ।

Share this

प्रतिकृया

Add