ठगीको अभियोगमा धर्मगुरु पक्राउ

 मङ्लबार, असार १२, २०८० | onlinenews
Share this

रामेछाप- नारी शक्तिको जागरण गराउने भनी ठगी गर्ने दोलखाका एक जना धर्मगुरु ठगी आयोगमा पक्राउ परेका छन् ।
नारी शक्तिको जागरण गराउने भन्दै विभिन्न व्यक्तिहरुबाट करिब ५ करोड रुपैयाँ र एक सय तोलाभन्दा बढी सुन तथा सुनको गरगहना ठगी गरेको अभियोगमा दोलखा घर भई हाल भक्तपुर मध्यपुर थिमी नगरपालिका–४ गठ्ठाघर बस्दै आएका ४८ वर्षीय शिवसुत गौरी भक्त भन्ने पुरुषोत्तम काफ्लेलाई प्रहरीले पक्राउ गरेको हो ।

काफ्ले सहितले काठमाडौंस्थित ‘हाम्रो अभियान नेपाल र ओम आश्रम नेपाल’ नामक संस्था खोली पीडितहरुलाई रकम लगानी गर्न अभिप्रेरित गराउने, सेमिनार गरी संस्थाको सदस्य बनाउने, धैरै मुनाफाको प्रलोभन देखाउने र लगानीको सुनिश्चितता नगरी पटक–पटक थप लगानी गर्न दवाव दिने र नगरेमा परिवारको सदस्यलाई मारी दिनेजस्ता धम्की दिइ ठगी गरेको उजुरीका आधारमा केन्द्रीय अनुसन्धान ब्यूरो महाराजगंजबाट खटिएको प्रहरीले उनलाई नियन्त्रणमा लिएको हो । उनीउपर ठगी, आपराधिक विश्वासघात तथा आपराधिक लाभ (एक्सटर्सन) सम्बन्धी कसूर मुद्दामा जिल्ला अदालत काठमाडौं बबरमहलबाट ७ दिनको म्याद लिइ अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

काफ्लेलाई नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान व्युरो (सीआईबी)को टोलीले भारतको हरिद्वारबाट पक्राउ गरी सोमवार काठमाडौँ ल्याइपु¥याएको सीआइवि प्रमुख किरण बज्राचार्यले जानकारी दिए ।

Share this

प्रतिकृया

Add