मन्थली–४ मा एमालेले घोषणा ग¥यो ४ उम्मेदवार

 शुक्रबार, बैशाख १, २०७४ | onlinenews
Share this

वैशाख १, रामेछाप– स्थानीय तहको निर्वाचनको मिति नजिकिँदै जाँदा एकपछि अर्को गरि ठूला राजनैतिक दलले आफ्नो उम्मेदवाको नाम घोषणा गर्ने क्रम बढेको छ । यसैक्रममा मंगलबार नेकपा माओवादी केन्द्रबाट वडा नं ४ मा बिरेन्द्र बर्जाचार्यलाई सर्वसहम्मत चयन गरिएको थियो । सोहि वडामा नेकपा एमालेले दिपज्योति बोर्डिङ स्कूलमा आयोजना गरेको एक कार्यक्रमकाबीच वडा अध्यक्ष सहित आफ्नो पार्टीबाट ३ जनाको उम्मेदवारी घोषणा गरेको छ ।
एमालेको तर्फबाट घोषणा गरिएका उम्मेदवारहरुमा वडा अध्यक्ष भिमबहादुर श्रेष्ठ, खुल्ला महिला सदस्यमा ईश्वरी बस्नेत, दलित महिला सदस्यमा ज्ञानु नेपाली र खुल्ला सदस्यमा खड्गबहादुर थापा रहेका छन् । वडाको नेतृत्वको लागि पार्टीभित्र आकांक्षीहरुको संख्या धेरै भए पनि पार्टीका लागि गरेको योगदान, कामको मूल्यांङ्कन र समुदायको विकासमा गरेको योगदानका आधारमा उम्मेदवार चयन गरिएको नेकपा एमालेले जनाएको छ ।
यसअघि मन्थली नगरपालिका वडा नं ४ बाट पार्टी नेपाली काँग्रेसको बैठकले नेतृत्व चयन गर्न सकेको थिएन भने नेकपा माओवादी केन्द्रले वडा अध्यक्षको उउम्मेदवारी मात्र सार्वजनिक गरेको थियो । बिहीबार एमालेले घोषणा गरेको उम्मेदवारी अनुसार नेकपा माओवादी केन्द्रका बिरेन्द्र बर्जाचार्यले भिम बहादुर श्रेष्ठसँग प्रतिस्पर्धा गर्नेछ ।
उम्मेदवार चयन गर्न आयोजना गरिएको कार्यक्रममा उम्मेदवार सर्वसम्मत बनाउन नेकपा एमालेका जिल्ला कमिटि सदस्य एवं जिविस रामेछापका पूर्व सभापति रमेश कुमार बस्नेत, निर्वाचन उम्मेदवार चयन समितिका संयोजक लव श्रेष्ठ लगायत पूर्व गाविस ध्यक्ष हिरण्यबिक्रम बस्नेतले आ–आफ्नो धारणा राखेका थिए ।

Share this

प्रतिकृया

Add