मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)
मेष राशि भएका व्यक्तिहरूका लागि यो महिना अनुकूल रहनेछ । पञ्चम भावमा सूर्य र केतुको संयोजनले निर्णय क्षमतामा वृद्धि गर्नेछ र अध्ययनप्रति चासो बढ्नेछ । प्रेम सम्बन्धमा आत्मीयता बढ्ने संकेत छ ।
चतुर्थ भावमा शुक्रको गोचरले कार्यक्षेत्र वा रचनात्मक काममा जिम्मेवारी बढाउनेछ । महिनाको मध्यतिर सूर्य र बुधको प्रभावले सुरु गरेका काममा सफलता मिल्नेछ र उच्च पदस्थ व्यक्तिहरूको सहयोग पाइने सम्भावना छ । षष्ठ भावमा मंगलको गोचरले साहस र पराक्रम बढाउनेछ, पुराना रोगहरूमा सुधार आउनेछ । तर नकारात्मक विचारतर्फ मन आकर्षित हुनसक्ने भएकाले सचेत रहनु आवश्यक छ ।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा)
मिथुन राशि भएकाहरूका लागि यो समय अनुकूल रहनेछ । तृतीय भावमा सूर्यको गोचरले धैर्य, साहस र आत्मविश्वासमा वृद्धि हुनेछ, जसका कारण आँटेका काममा सफलता प्राप्त हुनेछ । उच्च शिक्षाको क्षेत्रमा नयाँ अवसरहरू देखापर्नेछन् ।
चतुर्थ भावमा मंगलको प्रभावले जग्गा–जमिन सम्बन्धी लाभ हुने सम्भावना छ । पेशा वा नोकरीमा वरिष्ठ तथा उच्च पदस्थ व्यक्तिहरूको साथ–सहयोग प्राप्त हुनेछ । दोस्रो भावमा शुक्रको गोचरले आर्थिक पक्ष सबल बनाउनेछ र टाढिएका आफन्तहरूसँग पुनः नजिकिने अवसर दिनेछ ।
लग्नस्थ गुरुको प्रभावले दाम्पत्य जीवन मधुर बन्नेछ । साझेदारीमा गरिएको व्यापारमा राम्रो प्रगति गर्ने सम्भावना छ । दशम भावमा शनिको स्थिति विशेषतः सरकारी सेवाको तयारी गरिरहेका विद्यार्थीसँगै प्रयत्नशील व्यक्तिहरूका लागि लाभदायी हुनेछ ।
सकारात्मक परिणामलाई अझ मजबुत बनाउन प्रत्येक दिन भगवान गणेशलाई प्रार्थना गरेर दिनको प्रारम्भ गर्न सुझाव दिइएको छ ।
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
यो महिना सिंह राशि भएकाहरूका लागि सकारात्मक रहनेछ । लग्नमा सूर्यको गोचरले आत्मविश्वास र समाजमा मान–सम्मान बढाउनेछ । तर व्यवहारमा अहंकार प्रकट हुनसक्ने भएकाले सचेत रहनु आवश्यक छ । दाम्पत्य जीवनमा आपसी समझदारी जरुरी हुनेछ, किनकि साना–साना मनमुटाव उत्पन्न हुनसक्छ ।
महिनाको मध्यतिर विद्यार्थीहरूले अध्ययन–अध्यापनमा उल्लेखनीय सफलता पाउनेछन् । दोस्रो भावमा मंगलको प्रभावले खर्चमा नियन्त्रण आवश्यक देखिन्छ । द्वादश भावमा शुक्रको स्थिति आर्थिक पक्षलाई सबल बनाए पनि विलासितामा अनावश्यक खर्च बढाउने सम्भावना छ ।
अष्टम भावमा शनिको प्रभावले गुप्त विद्यामा सफलता प्राप्त हुने संकेत छ । एकादश भावमा गुरुको कृपाले प्रेम सम्बन्धमा नयाँ अवसरहरू आउनेछन् । आय–आर्जनका नयाँ बाटाहरू खुल्नेछन् र प्रगतिको सम्भावना प्रबल रहनेछ । दिनलाई शुभ बनाउन प्रत्येक बिहान भगवान सूर्यलाई अर्घ्य अर्पण गरेर सुरुवात गर्ने सुझाव दिइएको छ ।
तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते)
तुला राशि भएका व्यक्तिहरूका लागि यो महिना अनुकूल रहनेछ । एकादश भावमा सूर्यको गोचरले आय–आर्जनका नयाँ अवसरहरू ल्याउनेछ । व्यापार–व्यवसायमा नयाँ लगानी गर्ने सम्भावना देखिन्छ । महिनाको मध्यतिर सूर्य र बुधको युतिले नोकरी वा पेशामा वेतनवृद्धि र पदोन्नतिको योग बनाउन सक्छ । तर द्वादश भावमा मंगलको प्रभावले खर्च बढाउने सम्भावना भएकाले आर्थिक व्यवस्थापनमा सचेत रहनुपर्छ । बोलीमा नियन्त्रण राख्नु आवश्यक छ । दशम भावमा शुक्रको गोचरले कार्यक्षेत्र र जिम्मेवारीप्रति सन्तुलन ल्याउनेछ । मिडिया, चलचित्र, सौन्दर्य–सैलुन आदिको क्षेत्रमा संलग्न व्यक्तिहरूलाई विशेष सफलता प्राप्त हुनेछ ।
विद्यार्थीहरूका लागि पनि यो समय पढाइमा राम्रो प्रगति गर्ने अवसरले भरिपूर्ण रहनेछ । जोश, जाँगर र आत्मविश्वासमा वृद्धि हुनेछ । शुभ फल प्राप्तिका लागि नियमित गायत्री मन्त्रको जप गरेर दिनको प्रारम्भ गर्न सिफारिस गरिएको छ ।
धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे)
धनु राशि भएकाहरूका लागि यो महिना सकारात्मक रहनेछ । नवम भावमा सूर्यको गोचरले सरकारी नोकरी वा व्यवसायमा विशेष सफलता दिलाउनेछ । आत्मबल र इच्छाशक्तिमा वृद्धि हुनेछ । महिनाको मध्यतिर दशम भावमा बुधको प्रभावले पहिले बनाइएका योजनाहरू कार्यान्वयन गर्ने उपयुक्त समय प्रदान गर्नेछ ।
विद्यार्थीहरूका लागि करियरमा भाग्यको साथ रहनेछ । पितासँग सम्बन्धमा आत्मीयता बढ्नेछ । अष्टम भावमा शुक्रको गोचरले पर्यटन क्षेत्रमा लाभ दिलाउनेछ र अन्तर्राष्ट्रिय सम्पर्कबाट फाइदा लिन सकिनेछ । दशम भावमा मंगलको प्रभावले जग्गा–जमिन, ठेक्का–पट्टा वा ठूला कारोबारबाट लाभ हुने सम्भावना छ ।
शैक्षिक क्षेत्रमा होटल म्यानेजमेन्ट वा चिकित्सा अध्ययन गर्ने विद्यार्थीहरूलाई विशेष सफलता प्राप्त हुनेछ । दिनलाई शुभ बनाउन नियमित रूपमा हनुमान चालीसाको पाठ गरेर सुरुवात गर्ने सुझाव दिइएको छ ।
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा)
कुम्भ राशि भएका व्यक्तिहरूका लागि यो महिना अनुकूल रहनेछ । सप्तम भावमा सूर्यको गोचरले आर्थिक क्षेत्रमा सफलता दिलाउनेछ र व्यापार–व्यवसायमा नयाँ योजनाबाट लाभ प्राप्त हुनेछ । जीवनसाथी सरकारी वा राजनीतिक पदमा संलग्न भए पदोन्नतिको सम्भावना छ । बोलीमा प्रभाव बढ्ने र व्यक्तित्व अझ आकर्षक बन्ने संकेत देखिन्छ ।
तर अष्टम भावमा मंगलको प्रभावले स्वभावमा कडापन आउन सक्नेछ र हतारमा लिएका निर्णयले समस्या निम्त्याउन सक्छ । राजनीतिक क्षेत्रमा सक्रियता बढ्नेछ । षष्ठ भावमा शुक्रको कृपाले प्रतिस्पर्धामा विजय र शत्रुमाथि जीत हासिल गर्न सकिनेछ ।
शारीरिक स्वास्थ्यतर्फ थकान र निद्रामा कमीका कारण कमजोरी महसुस हुन सक्छ । शनिको गोचरले नयाँ सवारी साधन किन्नमा सफलता मिल्नेछ भने जग्गा–जमिनका विवादहरू समाधान हुने सम्भावना छ । शुभ फल प्राप्तिका लागि प्रत्येक बिहान हनुमान चालीसाको पाठ गरेर दिनको सुरुवात गर्न सिफारिस गरिएको छ ।
वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो)
वृष राशि भएका व्यक्तिहरूका लागि यो महिना सामान्य तर मिश्रित परिणाम दिनेछ । तेस्रो भावमा शुक्रको गोचरले धार्मिक कार्यभन्दा बढी घुमफिर तथा मनोरञ्जनमा धन खर्च हुने सम्भावना छ । सामाजिक सञ्जाल वा सञ्चार क्षेत्रमा सक्रियता बढ्नेछ । चतुर्थ भावमा सूर्यको प्रभावले मनमा अशान्ति पैदा हुन सक्छ । तर महिनाको मध्यतिर सूर्य र बुधको युतिले परिवारमा नेतृत्व क्षमता बढाउनेछ र प्रेम सम्बन्धमा पारिवारिक समर्थन प्राप्त हुनेछ ।
पञ्चम भावमा मंगलको गोचरले विद्यार्थीहरूमा प्रतिस्पर्धा गर्ने उत्साह बढाउनेछ । होटल म्यानेजमेन्ट वा व्यवस्थापनसम्बन्धी क्षेत्रमा सफलता प्राप्त गर्ने अवसर रहनेछ । स्वास्थ्य पक्षमा रोग प्रतिरोधात्मक क्षमता सबल रहनेछ र आकस्मिक लाभका योग पनि देखिन्छन् । शुभ फल प्राप्तिका लागि प्रत्येक दिन भगवती दुर्गाको दर्शन गरेर दिनको सुरुवात गर्न सिफारिस गरिएको छ ।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
कर्कट राशि भएका व्यक्तिहरूका लागि यो महिना मिश्रित नतिजा दिनेछ । दोस्रो भावमा सूर्यको प्रभावले आर्थिक विषयमा सावधानीपूर्वक निर्णय लिन आवश्यक छ, नसोचेको क्षेत्रमा खर्च वा लगानी गर्नुपर्ने स्थिति आउन सक्छ । तर महिनाको मध्यतिर आर्थिक अवस्था क्रमशः सुधार हुँदै जानेछ । लग्नस्थ शुक्रको गोचरले दाम्पत्य जीवनमा समझदारी र सामञ्जस्य बढाउनेछ । प्रेम सम्बन्धलाई लिएर परिवारसँग कुरा गर्दा सकारात्मक संकेत प्राप्त हुने सम्भावना छ ।
तृतीय भावमा मंगलको प्रभावले उत्साह र ऊर्जामा वृद्धि गर्नेछ । तर विद्यार्थीहरूलाई अध्ययनमा एकाग्रता कायम गर्न कठिनाइ हुन सक्छ । प्रेम सम्बन्धमा बोलीमा संयमता आवश्यक हुनेछ । कामकाजी जीवनमा चुनौतीहरू आइपरे पनि तपाईँले धैर्यका साथ त्यसलाई पन्छ्याउँदै अघि बढ्न सक्नुहुनेछ । शुभ फलका लागि प्रत्येक बिहान भगवान शिवलाई जल अर्पण गरेर दिनको सुरुवात गर्न सुझाव दिइएको छ ।
कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो)
कन्या राशि भएका व्यक्तिहरूका लागि यो महिना सामान्य रहनेछ । द्वादश भावमा सूर्यको गोचरले अनावश्यक खर्च वा सामाजिक मान–सम्मानमा कमी आउन सक्छ । महिनाको मध्यतिर बुधसँगको युतिले वैदेशिक यात्रा र विलासिताको वस्तुमा खर्च बढाउनेछ ।
लग्नमा मंगलको प्रभावले व्यापार–व्यवसायमा नयाँ निर्णय लिनुअघि सोच–विचार गर्न जरुरी छ । नयाँ लगानी गर्दा सावधानी अपनाउनु पर्नेछ । एकादश भावमा शुक्रको प्रवेशले जीवनसाथी वा मित्रहरूसँग आत्मीयता बढाउनेछ र जीवनलाई आकर्षक बनाउन मद्दत गर्नेछ । दशम भावमा गुरुको गोचरले विद्यार्थीहरूलाई पढाइमा नयाँ सफलता दिलाउनेछ । नयाँ नोकरी वा पेशागत क्षेत्रमा सफलता प्राप्त हुने सम्भावना छ । पारिवारिक सम्बन्ध बलियो रहनेछ । शुभ फलका लागि प्रत्येक दिन भगवान गणेशलाई दुबो अर्पण गरेर दिनको प्रारम्भ गर्न सिफारिस गरिएको छ ।
वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
वृश्चिक राशि भएका व्यक्तिहरूका लागि यो महिना लाभदायी रहनेछ । दशम भावमा सूर्यको गोचरले सरकारी कामकाजमा सक्रियता बढाउनेछ र प्रभावशाली व्यक्तिहरूको साथ–सहयोग पाइनेछ । महिनाको मध्यतिर सूर्य र बुधको युतिले पारिवारिक वातावरणमा नेतृत्व क्षमता वृद्धि गर्नेछ । बोली–चालमा कहिलेकाहीँ कडापन देखापर्न सक्ने भएकाले सचेत रहनु आवश्यक छ । विद्यार्थीहरूका लागि पढाइमा जटिल प्रश्नहरू पनि सजिलै हल हुने संकेत छ । नवम भावमा शुक्रको गोचरले धर्मकर्मभन्दा विलासितामा रुचि बढाउनेछ । वैदेशिक स्रोत वा कला–साहित्यबाट लाभ लिन सकिनेछ ।
अष्टम भावमा गुरुको प्रभावले ज्ञानको सही प्रयोगमा बाधा पुर्याउन सक्छ, त्यसैले सहनशीलता र संवादमा स्पष्टता आवश्यक हुनेछ । शुभ फल प्राप्तिका लागि प्रत्येक बिहान भगवान विष्णुको आराधना गरेर दिनको प्रारम्भ गर्न सुझाव दिइएको छ ।
मकर (भो, जा, जि, जु, जे, जो, ख, खि, खु, खे, खो, गा, गि)
मकर राशि भएका व्यक्तिहरूका लागि यो महिना सामान्य रहनेछ । अष्टम भावमा सूर्यको गोचरले महिनाको प्रारम्भमा आर्थिक चुनौती र आकस्मिक खर्चका संकेत दिन्छ । नोकरी वा पेशामा मान–सम्मानमा कमी आउनसक्छ, त्यसैले सचेत रहनु आवश्यक छ । महिनाको मध्यतिर सूर्य र बुधको युतिले खर्च र बचतमा सन्तुलन कायम गर्न सहयोग पुर्याउनेछ । पारिवारिक विषयवस्तुका कारण मनमा कहिलेकाहीँ तनाव वा भय महसुस हुन सक्छ । सप्तम भावमा शुक्रको गोचरले जीवनसाथीसँग तालमेल बढाउनेछ, वैवाहिक जीवनमा आकर्षण र सामिप्यताको नयाँ ऊर्जा ल्याउनेछ ।
नवम भावमा मंगलको प्रभावले कार्यक्षेत्रमा मेहनत बढाउनेछ र लगनशीलताले अरूलाई प्रभावित गर्नेछ । षष्ठ भावमा गुरुको प्रभावले पेटजन्य समस्या वा छालासम्बन्धी रोग देखापर्न सक्छ । शुभ फलका लागि प्रत्येक दिन भैरवको पूजन र दर्शन गरेर दिनको सुरुवात गर्न सिफारिस गरिएको छ ।
मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि)
मीन राशि भएका व्यक्तिहरूका लागि यो महिना सकारात्मक रहनेछ । षष्ठ भावमा सूर्यको गोचरले शत्रुमाथि विजय र वित्तीय वा सहकारी संस्थाबाट लाभको संकेत दिन्छ । मेहनतले लक्ष्य पूरा गर्न मद्दत गर्नेछ र नयाँ कार्यहरू सुरु हुने वा पुराना कार्यहरू पूरा हुने सम्भावना छ । पञ्चम भावमा शुक्रको गोचरले शिक्षा र प्रेम सम्बन्धमा सफलता दिलाउनेछ । पारिवारिक सम्बन्धहरू सहज रहनेछन् । सप्तम भावमा मंगलको प्रभावले जीवनसाथीसँग पुराना कुरालाई लिएर वाद–विवाद हुन सक्छ । नयाँ लगानी गर्नु अघि सोच–विचार गरेर निर्णय लिनु उपयुक्त हुनेछ ।
परिवारिक वातावरणमा केही अस्थिरता देखापर्न सक्छ । आत्मविश्वास र सफलता बढाउन प्रत्येक दिन गायत्री मन्त्रको जप गरेर दिनको प्रारम्भ गर्न सिफारिस गरिएको छ ।
