Logo

खप्तडी बुढाथोकी क्षेत्री सेवा समाजको १२ औँ वार्षिक साधारण सभा



रामेछाप- खप्तडी बुढाथोकी क्षेत्री सेवा समाज जिल्ला कार्यसमिति (केविएस) रामेछापको १२ औँ वार्षिक साधारण सभा सम्पन्न भएको छ । शनिवार मन्थलीमा सम्पन्न भएको वार्षिक साधारणसभा कार्यक्रममा ज्येष्ठ नागरिक साथै खप्तडी बुढाथोकी मूलका धामी तथा पूजारीहरुलाई सम्मान गरिएको थियो । साधारण सभाले डिजिटल वंशावली तयार गर्ने कार्यलाई अघि बढाउने निर्णय गरेको छ । डिजिटल वंशावली निर्माणका लागि घेटघाट तथा प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने र वंशभित्रका उत्कृष्ट विद्यार्थी सीपमूलक तालिम दिने पनि निर्णण गरेको लेखा समिति संयोजक मनोज बुढाथोकीले जानकारी दिए ।

खप्तडी बुढाथोकी क्षेत्री सेवा समाज रामेछापका अध्यक्ष ज्ञानबहादुर बुढाथोकीको अध्यक्षता तथा समाजका केन्द्रीय अध्यक्ष गणेश बहादुर बुढाथोकीको प्रमुख आतिथ्यता सम्पन्न भएको कर्यक्रमका विशिष्ट अतिथिहरुमा अशोकबहादुर बुढाथोकी, हेमबहादुर बुढाथोकी, नरबहादुर बुढाथोकी र बागमती प्रदेशका उपाध्यक्ष योज्ञेन्द्र बुढाथोकी रहेका थिए । साधारण सभाले न्यूनत एक घर एक जना आजिवन सदस्य बनाउने निर्णय गर्दै आजिव सदस्य शुल्क ५ हजार रुपैयाँ तोकेको छ ।


उक्त साधारणसभाले १५ सदस्यीय जिल्ला कार्यसमिति, ३ सदस्यीय लेखा समिति तथा ५ सदस्यीय सल्लाहकार समितिसमेत चयन गरेको छ ।
कार्यसमितिका पदाधिकारीहरुमा अध्यक्ष ज्ञानबहादुर बुढाथोकी, बरिष्ट उपाध्यक्ष तेजबहादुर बुढाथोकी, उपाध्यक्ष विकास बुढाथोकी, सचिव अर्जुन बुढाथोकी, सहसचिव रोहितबहादुर बुढाथोकी र कोषाध्यक्षमा देवराज बुढाथोकी चयन भएका छन् ।

त्यसैगरी सदस्यहरुमा प्रकाश बुढाथोकी, चण्डिका बुढाथोकी, शोभा बुढाथोकी, काशिराज बुढाथोकी, भिमबहादुर बुढाथोकी खड्गबहादुर बुढाथोकी, रेबन्त बुढाथोकी र ज्ञानबहादुर बुढाथोकी रहेका छन् ।
त्यसैगरी लेखा समिति संयोजकमा मनोज बुढाथोकी चयन भएका छन् भने सदस्यहरुमा यमबहादुर बुढाथोकी र गोविन्द बुढाथोकी रहेका छन् ।

साधारण सभाले लेखा समितिका संयोजक मनोज बुढाथोकीले प्रस्तुत गरेका प्रतिवेदनमाथि छलफल गरी पारितसमेत गरेको छ । रामेछाप जिल्लामा खप्तडी क्षेत्रीहरु अनुमानित १ हजार ३ सय घरपरिवार रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्