वर्तमान सरकारद्धारा प्रजातन्त्रमाथि नै प्रहारः देउवा

 बिहिबार, फाल्गुन १६, २०७५ | onlinenews
Share this

रामेछाप– नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले वर्तमान सरकारले प्रजातन्त्रमाथि नै प्रहार गरेको आरोप लगाएका छन् ।
काँग्रेस सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले नेपाल सरकारले प्रजातन्त्रमाथि आक्रमण गर्दा प्रजातान्त्रिक अधिकार संकटमा पर्दै गएको बताएका हुन् ।
७० वर्ष लडेर प्राप्त गरेको अधिकार वर्तमान सरकारले दुई तिहाइको दम्भमा प्रजातान्त्रिक अधिकार विधेयकमार्फत खोस्न प्रपञ्च गरिरहेको पनि सभापति देउवाले बताए ।


प्रजातान्त्रिक अधिकारको रक्षाको लागि नेपाली काँग्रेस जस्तोसुकै लडाई लड्न र त्याग गर्न तयार रहेको सभापति देउवाको भनाई छ ।
द्वन्द्वकालमा तत्कालीन माओवादीद्धारा मारिएका नेपाली काँग्रेस रामेछापका स्थानीय नेता टिकाराज आरनको सम्झनामा निर्माण गरिएको शालिक अनावरण गर्न रामेछापको मन्थली नगरपालिका–९ पुरानागाउँ पुगेका देउवाले यस्तो बताएका हुन् ।
काँग्रेस नेता आरनलाई माओवादीको सुराकी गरि सूचना सत्तापक्षलाई दिएको आरोपमा तत्कालीन माओवादीले हत्या गरेका थिए ।
सुराकीको आरोपमा माओवादीद्धारा हत्या गरिएका आरनको सम्झनामा मन्थली नगरपालिकाको पुरानागाउँमा निर्माण गरिएको अर्धकदको शालिक बिहीबार अनावरण गरिएका हो । आरनलाई २०५७ साल फागुन १६ गते आफ्नै घरबाट अपहरण गरि तत्कालीन माओवादीले हत्या गरेका थिए ।

Share this

प्रतिकृया

Add