पूर्वउपप्रधानमन्त्री भरतमोहन अधिकारीको निधन भएको घोषणा

 शनिबार, फाल्गुन १८, २०७५ | onlinenews
Share this

काठमाडौं: पूर्वउपप्रधानमन्त्री तथा अर्थमन्त्री भरतमोहन अधिकारीको उपचारको क्रममा निधन भएको अस्पताले घोषणा गरेको छ । अस्पतालले राती १० बजे अधिकारीलाई मृत घोषणा गरेको हो ।
अधिकारीको निधन राति १० बजे भन्दा अघिनै भएको भए पनि उनको परिवकार सबै सदस्यहरु आइनपुगेकाले औचारिक घोषणा गरिएको थिएन ।
१६ दिनदेखि भेन्टिलेटरमा राखेर उपचार भइरहेको ८३ वर्षीय अधिकारीको विगत तीन सातादेखि ह्याम्स अस्पतालमा उपचार गरिएको थियो ।
नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का नेता समेत रहेका अधिकारी निमोनिया, श्वासप्रश्वास, मुटु लगायतका रोगबाट ग्रसित अधिकारी विगत २ महिनादेखि अस्पतालमा भर्ना भएका थिए ।
नेता अधिकारी मुलुकको इतिहासकै कुशल अर्थमन्त्रीका रुपमा चिर परिचित थिए । उनी मनमोहन अधिकारी नेतृत्वको सरकारमा पहिलोपटक अर्थमन्त्री भएका थिए ।
त्यसबेला उनकै योजनामा वृद्धभत्ता र स्थानीय निकायमा विकास बजेट बिनियोजनको योजना आएको थियो । उनले ल्याएको कार्यक्रम अहिलेसम्म लोकप्रिय कार्यक्रम मानिएको छ ।

Share this

प्रतिकृया

Add