नेपालमा अर्कालाई सम्पत्ती कमाइदिँदा भ्रष्टाचार भएको छ : न्यौपाने
शनिबार, मंसिर १, २०८१
रामेछाप: जापानमा रहेका नेपाली किशोरीहरुको बौद्धिकता, क्षमता र सुन्दरता प्रस्फुटको अवसर प्रदान गर्दै आएको शिन्जोउ कर्पोरेशनले दोश्रो मिस जापान नेपाल प्रतियोगिताको फर्म खुला गरेको छ ।
फेब्रुअर १५ तारिखदेखि प्रतियोगिताको फर्म खुला गरिएको आयोजक संस्था शिन्जोउका अध्यक्ष उत्तम श्रेष्ठले जानकारी दिए । मार्च १५ तारिखमम्म फर्म अनलाइनमा भर्न पाइने पनि अध्यक्ष श्रेष्ठले जानकारी दिए ।
जापानमा ब्यवसाय गर्दै आएका रामेछाप जिल्ला घर भएका उत्तम श्रेष्ठले जापानमा शिन्जोउ कर्पोरेशन नामक संस्था स्थापना गरि जापानमा रहेका नेपाली किशोरीहरुको लागि बौद्धिकता, क्षमता र सुन्दरता प्रस्फुटन गर्ने अवसर प्रदान गर्दै आएका छन् ।
मिस जापान नेपाल प्रतियोगिताका सहभागिलाई तालिम र निर्णायकको लागि मिस नेपालको आयोजक संस्था दि हिडेन ट्रेजरले सहयोग गर्ने भएको छ । मिस नेपाल जापानको फिनालेमा मिस नेपाल सहित हिडेन ट्रेजरका निर्देशकको समेत सहभागिता रहने बताइएको छ ।
आगामी अप्रिल महिनाको ७ तारिखका दिन जापानको राजधानी टोकियोस्थित नाकानो जेरोहलमा हुने ग्राण्ड फिनालेमा निर्णायकको रुपमा मिस नेपाल २०१८ की बिजेता श्रृंखला खतिवडा र दि हिडेट ट्रेजरका गोपाल सुन्दरलाल कक्षपती रहने आयोजक संस्थाका अध्यक्ष श्रेष्ठले जानकारी दिए ।
मिस जापान नेपाल बिजेता सहित फष्ट रनरअप र सेकेण्ड रनरअपहरुले नगद पुरस्कार सहित क्राउन र प्रमाण–पत्र पाउने छ । मिस जापान नेपाल कार्यक्रमका संयोजक निराजन गैरेका अनुसार तीन शीर्ष टाइटल सहित अन्य १५ विषयका प्रतिभाहरुलाई समेत पुरस्कृत गरिने छ ।
कार्यक्रमलाई सफल बनाउनको लागि विभिन्न विभागहरु समेत गठन गरिएको छ । जसमा आर्थिकको जिम्मेवारी आस्था गुरुङलाई दिइएको छ । कार्यक्रमको सांगीत र अन्य केही जिम्मेवारी जापानमा नेपाली डिजेको रुपमा परिचीत जोन छन्त्याललाई दिइएको छ । त्यसैगरी कार्यक्रम ब्यवस्थापनको जिम्मेवारी कासाङ लामालाई दिइएको छ ।
यस पटक राजधानी टोकियो बाहिर फुकुओकामा पनि अडिसन हुनेछ । प्रतियोगितामा सहभागिताको लागि फुकुओका र आसपासमा रहेका स्टेशन फुकुओका सिटी हाकात कुमा रहेको श्री गणेश बुटिक एण्ड कलेक्सन वा प्रोपाइटर नितु दाहाललाई सम्पर्क गरेर पनि फर्म भर्न सकिने ब्यवस्था गरिएको छ । त्यस्तै missjapannepal.com लगअन गरे पनि फर्म भर्न सकिने छ ।