जिल्ला आयोजना कार्यान्वयन इकाइको कार्यालयमा तालाबन्दी

 सोमवार, चैत्र ४, २०७५ | onlinenews
Share this

रामेछाप: राष्ट्रिय पुनर्निर्माण प्राधिकरण अन्तर्गत रामेछाप जिल्लामा कार्यरत प्राविधिकहरुले राष्ट्रिय पुनर्निर्माण जिल्ला आयोजना कार्यान्वयन इकाईको कार्यालयमा तालाबन्दी गरेका छन् ।
पुनर्निर्माण कार्यक्रम अन्तर्गत कार्यक्षेत्रमा खटिएका प्राविधिकहरुलाई नेपाल सरकारले दिंदै आएको भत्ता र प्रोत्साहन भत्ता वापतको रकम कटौती गरेको विषयलाई लिएर आन्दोलन गर्दै आएका प्राविधिकहरुले जिल्ला आयोजना कार्यान्वयन इकाइको कार्यालयमा तालाबन्दी गरेका हुन् ।
पुनर्निर्माणको काममा गाउँगाउँमा खटिएका प्राविधिकहरुको सरकारले स्वास्थ्य विमा गरिदिनुपर्ने, सरकारले दिंदै आएको भत्ता र पोत्साहन भत्तालाई निरन्तरता दिनुपर्ने र कार्यक्षेत्रमा प्राविधिकमाथि हुने जोखिममा सरकारले सुक्षा ब्यवस्था मिलाउनु पर्ने प्राविधिक नृपेश सापकोटाको भनाई छ ।


रामेछाप जिल्लामा कार्यरत पुनिर्निर्माण कार्यक्रम अन्तर्गतका प्राविधिकहरुले संघर्ष समिति गठन गरेर आन्दोलन गर्दै आएका छन् । आपूmहरुले खाइपाई आएको तलब भत्ता र प्रोत्साहक भत्ता सरकारले कटौटी गरेकाले कार्यालयमा तालाबन्दीसम्म गर्न बाध्य भएको संघर्ष समितिका संयोजक इञ्जिनीयर अरुण महतोले बताए ।
गाउँगाउँको कार्यक्षेत्रमा खटिएका प्राविधिकहरुलाई सरकारले भत्ता र प्रोत्साहन भत्ता दिने आश्वासन दिए पनि विगत ९ महिनादेखि भत्ता दिएको छैन । प्राविधिकहरुले उठाएको मागहरु जायज भएनभएको पहिचान गरेर सरकारले समस्याको संवोधन गर्नुपर्ने पुनर्निर्माण प्राधिकरण जिल्ला आयोजना कार्यान्वयन इकाई रामेछापका प्रमुख प्रभाकरलाल कर्णले बताए ।


तालाबन्दी गरेर माग पूरा नहुने भन्दै तालाबन्दी गर्र्नेजस्ता काम नगर्न पनि उनले प्राविधिकहरुलाई आग्रह गरे । प्राविधिकहरुले आन्दोलन गर्दा पुनर्निर्माणको काम प्रभावित हुने भएकाले आन्दोलनको कार्यक्रम छोडेर आफ्नो माग संवोधन गराउनको लागि अन्य विकल्पमा लाग्न पनि कर्णले आग्रह गरे ।
कार्यालयमा लगाएको ताला भने प्रहरीले खुलाएको छ । कार्यालयमा लगाएको ताला प्रहरीले खुलाए पनि आपूmहरुको माग पूरा नभएसम्म आन्दोलान जारी राख्ने प्राविधिकहरुले बताए । रामेछाप जिल्लाको २ नगरपालिका र ६ गाउँपालिकामा गरि १ सय ६८ जना प्राविधिकहरु कार्यरत छन् ।

Share this

प्रतिकृया

Add