बर्डफ्लू संक्रमित अण्डा रामेछापमा समातियो

 मङ्लबार, चैत्र १२, २०७५ | onlinenews
Share this

रामेछापः बर्डफ्लू संक्रमित क्षेत्र चितवनबाट आएको कुखुराको अण्डा रामेछाप प्रहरीले नियन्त्रणमा लिएको छ । चेकजाँचको क्रममा ९० कार्टुन अण्डा प्रहरीले नियन्त्रणमा लिएको हो ।
रामेछापका स्थानीय पोल्टी ब्यवसायिले बर्डफ्लू संक्रमित क्षेत्रकाट अण्डा आएको प्रहरीलाई जानकारी दिएपछि चेकजाँचको क्रममा प्रभु पोल्टी सप्लायर्स नारायणगढले जितपुरको लागि क्वारेन्टाइन काटेको अण्डा, जितपुरबाट विना क्वारेन्टाइन रामेछाप ल्याइएको अण्डा पुग्ने स्थान र मिति उल्लेख गरिएको छैन ।


त्यसैगरी पशुपंक्षी तथा पशुपंक्षीय ओसारपसारको अनुमतिको भेटेरिनरी प्रमाणत्रमा क्यारेन्टाइनको छाप नभएको, ढुवानीको साधनको पहिचान नभएको, अण्डा प्याकिङ्ग गरिएको कार्टुन उत्पादक कम्पनी र अण्डा उत्पादक कम्पनी फरक पाइएकाले अण्डा निणन्त्रण गरिएको जिल्ला प्रहरी कार्यालय रामेछापले जनाएको छ ।
नियन्त्रणमा लिएको अण्डा बर्डफ्लू संक्रमित हुनसक्ने भएकाले नष्ट गरिने जिल्ला प्रहरी कार्यालय रामेछापले जनाएको छ । ढुवानी ब्यवसायिले जितपुरबाट विना क्वारेन्टाइन व्यसायिक पान बिलमा पुग्ने स्थान दोलखा उल्लेख गरि अण्डा लिएर आएका थिए ।

Share this

प्रतिकृया

Add