समाजसेवी अग्रवालद्धारा मेरुदण्ड भाँचिएको विरामीलाई डक्टर वेड प्रदान

 शनिबार, असार २१, २०७६ | onlinenews
Share this

रामेछापः गोकुलगंगा गाउँपालिका–२ ठोसेकी अम्मलकुमारी कार्कीलाई डक्टर वेड प्रदान गरिएको छ । एक वर्षअघि घाँस काट्न जाँदा रुखबाट लडेर घाइते भएकी कार्कीलाई समाजसेवी एव लाइन्स क्लव अफ काठमाडौं उडानकी पूर्व अध्यक्ष रीमा अग्रवालले वेड प्रदान गरेकी हुन् ।
शुक्रवार काठमाडौमा विरामीका आफन्त अक्कलबहादुर बुढाथोकीलाई वेड हस्तान्तरण गरिएको हो । गोकुलगंगा गाउँपालिका ठोसे दोर्जेकी कार्की घाँस काट्ने क्रममा २०७५ फागुनमा रुखबाट लड्दा दुवै हात सहित आठ ठाउँमा मेरुदण्डको हड्डी भाँचिएको थियो ।


शिक्षण अस्पताल महारजगञ्जमा उपचार गरे पनि उनलाई एक वर्षदेखि सहयोगीको साहरामा उठाउनु र सुताउनु पर्ने अवस्था छ । विरामीको कारुणीक अवस्था देखेपछि पत्रकार एवं अभियान्ता उद्धवकुमार कार्कीको पहलमा समाजसेवी अग्रवालले डक्टर वेड सयोग गरेकी हुन् ।
रक्तदान अभियान र विभिन्न दुर्गम वस्तीमा स्वास्थ्य शिविर सञ्चालन गर्दै आएकी समाजसेवी अग्रवालले डक्टर वेड हस्तान्तरण गर्दै ‘वेड’ मेरुदण्ड भाँचिएकी विरामीलाई उठाउन, सुताउन र फर्कानको साथै आराम गरान सहज हुँने बताइन् । विरामीलाई खुवाउनदेखि शौचालय जान समेत सहयोगी चाहिने भएपछि विरामीको कुरुवा बस्नु पर्दा कक्षा ९ मा पढ्नु पर्न छोरीलाई समेत विद्यालय पठाउन नसकेको विरामीका श्रीमान् मनबहादुर बस्नेतले बताए ।
आठ लाख खर्च गरेर उचपार गरिए पनि विरामीको अवस्थामा सुधार आउन नसकेको श्रीमान बस्नेतले बताए । श्रीमतिको उपचारको लागि आर्थिक अवस्था कम्जोर भएको भन्दै उनले सहयोगको लागि समेत आग्रह गरेका छन् । विरामीको लागि आर्थिक सहयोग गर्न चाहाने सहयोगी दाताहरुले मोबाइल नम्बर ९८५१२१४३२१ र ९८१८८८०२५० सम्पर्क गर्न सक्नु हुनेछ ।

Share this

प्रतिकृया

Add