नेपालमा अर्कालाई सम्पत्ती कमाइदिँदा भ्रष्टाचार भएको छ : न्यौपाने
शनिबार, मंसिर १, २०८१
रामेछाप– रामेछापको सदरमुकाम मन्थली बजार प्रवेश गर्ने रणजोर खोलाको पुलबाट मदन आश्रित चोकसम्मको सडक कालोपत्रे गर्ने काम सडक डिभीजन कार्यालय खुर्कोटले अलपत्र छाडेपछि सो सडक निर्माणको काम मन्थली नगरपालिकाले गर्ने भएको छ ।
मनसुन सुरुभएसँगै निरन्तर वर्षाको कारण सडक हिलाम्यै भएर सवारी आवतजावतमा समस्या भएपछि सडक डिभीजनले अलपत्र छोडेको काम मन्थली नगरपालिकाले गर्ने भएको हो ।
सडक डिभीजनले सडक निर्माणको काम अलपत्र छोडेको कारण वर्षासँगै सडकमा निस्किएको हिलोले सवारी साधन तथा पैदल यात्रुलाई समेत आवतजावत गर्न समस्या भएकाले नगरपालिकाले सडक मर्मत गर्न लागेको मन्थली नगरपालिका प्रमुख रमेशकुमार बस्नेतले बताए ।
त्यसैगरी मन्थलीको बसपार्कस्थित ट्राफिक चोक नजिको सडक पनि भत्किएर खाल्डाखुल्डी भई सवारी आवगमनमा समस्या भएकाले सो सडक पनि नगरपालिकाले मर्मत गर्ने बताएको छ ।
मन्थली नगर प्रमुख रमेशकुमार बस्नेतले आफ्नो फेसबुकमा एक स्टाटस पोष्ट गरि सडक डिभिजनको कार्यालय खुर्कोेटले काम नगरेर अलपत्र पारेर राखेको मन्थली नगरपालिकाको मुटुमा रहेको रणजोर खोला पुल नजिकै र ट्राफिक चोक नजिकको सडकमा मन्थली नगरपालिकाले २०७६ असार २७ गतेदेखि सडक मर्मतको काम सुरु गर्ने बताएका छन् ।