किरा परेको ३० केजी माछा बरामत

 आइतवार, अशोज १२, २०७६ | onlinenews
Share this

१२ असोज २०७६– रामेछापः जिल्ला प्रशासन कार्यालय रामेछापले बजार अनुगमनलाई निरन्तरता दिइरहेको छ । उपभोक्ताको हितलाई ध्यानमा राखि जिल्ला प्रशासन कार्यालय रामेछापले बजार अनुगमनलाई कडाई समेत गरिरहेको छ ।
यसैक्रममा आइतबाट जिल्ला प्रशासन कार्यालय रामेछापको सहायक प्रमुख जिल्ला अधिकारी रामप्रसाद भट्टराई नेतृत्वको अनुगमन टोलीले विभिन्न होटल तथा पसलहरु अनुगमन गरेको छ ।


अनुगमनको क्रममा अनुगमन टोलीले रामेछाप मासु ब्यवसायि संघबाट बिक्रीको लागि राखिएको किरा परेको माछा ३० केजी बरामत गरेको छ । त्यसैगरी विविएस हार्डवेयर पसलबाट म्याद नाघेको (४ लिटर) को २५ बट्टा इनामेल, क्यास्टोल मविल ५ बट्टा, आइडी किराना पसलबाट अनुमति नलिई बिक्रीको लागि राखिएको गुड्खा २८ प्याकेट, सूर्य चुरोट २ बट्टा, पाइलट चुरोट ४ बट्टा, सडेको मिठाई १ प्याकेट बरामत गरेको छ । त्यस्तै श्रेष्ठ भोजनालय एण्ड लजबाट अनुमति नलिई बिक्रीको लागि राखिएको सूर्य चुरोट २ बट्टा र पाइलट ४ बट्टा बरामत गरिएको जिल्ला प्रशासन कार्यालय रामेछापका नायव सुब्बा लक्ष्मण भुजेलले जानकारी दिएका छन् ।

Share this

प्रतिकृया

Add