मन्थली एयरपोर्ट क्षेत्रका ब्यापारी, ब्यवसायिको कालो धन्दा

कालोबजारी गर्ने ब्यवसायिको पसलमा प्रशासनको शीलबन्दी

 शनिबार, कार्तिक २, २०७६ | onlinenews
Share this

२ कार्तिक, रामेछाप– रामेछापको सदरमुकाम मन्थलीस्थित मन्थली विमानस्थल क्षेत्रमा सञ्चालीत होटल ब्यवसायि तथा ब्यापारीहरुले कालो धन्दा सञ्चालन गरेको खुलासा भएको छ । एयरपोर्ट क्षेत्रका ब्यापारी तथा होटल ब्यवसायिहरुले विदेशी पर्यटकलाई ठगी गर्ने उद्देश्यले कालोधन्दा सञ्चालन गरेका हुन् ।
ड्राइपूmड बिक्री गर्ने ब्यापारीहरुले उत्पादक कम्पनीले तोकेको मूल्य भन्दा ४ गुनासम्म बढी मूल्यमा पर्यटकलाई बिक्री गरेको पाइएको छ । उत्पादक कम्पनीले छापेको मूल्यलाई छोपेर ब्यापारी आपैmले ४ गुनासम्म बढी मूल्यको स्टिकर टाँसेर विदेशी तथा स्वदेशी पर्यटकमाथि ठगि गरिरहेको फेला परेको हो ।
४ सय रुपैयाँ पर्ने विस्कुट ८ सय ५० रुपैयाँमा र ६० रुपैयाँको बिस्कुटलाई ३ सय ५० रुपैयाँसम्मा बिक्री गरेको पाइएको छ । त्यसैगरी दूध मिसाएको चियाको १ सय रुपैयाँ, कालो चियाको ७० रुपैयाँ, हटलेमनको १ सय रुपैयाँ र साधारण कफीको १ सय रुपैयाँ लिएको पाइएको छ । मन्थलीको बजारमा चियाको मूल्य सामान्यतय १५ रुपैयाँदेखि २५ रुपैयाँसम्म रहेको छ ।


एयरपोर्ट क्षेत्रका ब्यवसायिहरुले ठगी धन्दा चलाएको गुनासो आएपछि जिल्ल प्रशासन कार्यालय रामेछापले अनुगमन गर्ने क्रममा त्यस क्षेत्रका होटल तथा ब्यापारीहरुले प्रत्येक बस्तुमा निर्धारीत मूल्य भन्दा चौबर बढी मूल्यमा बिक्री गरिरहेको पाइएको जिल्ला प्रशासन कार्यालय रामेछापले जानकारी दिएको छ ।


जिल्ला प्रशासन कार्यालय रामेछापले अनुगनम गर्ने क्रममा कोलोबजारी भएको फेला परेपछि मन्थली एयरपोर्ट नजिकै रहेको एभरेष्ट गेटवे मिनीमार्ट नामको पसलमा प्रशासनले शीलबन्दी गरेको छ । सो पसल विनादर्ता सञ्चाल गरिएको बताइएको छ । होटलहरुमा पर्यटक रहेका कारण शीलबन्दी नगरिएको तर उनीहरुलाई कोलोबजारी ऐन अन्तर्गत कारबाही गरिने जिल्ला प्रशासन कार्यालय रामेछापले जानकारी दिएको छ ।
विमानस्थल क्षेत्रमा सञ्चालीत होटल तथा पसलहरुले पर्यटकलाई खाना तथा अन्य खाद्य बस्तुको मूल्य अश्वभाविक रुपमा लिएको पाइएकाले त्यस क्षेत्रका सबै ब्यवसायिहरुलाई कालोबारी ऐन अन्तर्गत अधिकतम जरिवाना सहितको कानूनी कारबाढी गरिने रामेछापको प्रमुख जिल्ल अधिकारी लिलाकुमारी केसी पाण्डेले बताएकी छन् ।

Share this

प्रतिकृया

Add