रामेछापको दोरम्बामा जीप दुर्घटना, २ को मृत्यु १० बढी घाइते

 सोमवार, मंसिर २, २०७६ | onlinenews
Share this

२ मंसिर, रामेछाप– रामेछापको दोरम्बा गाउँपालिका–१ डडुवाको धारा नजिकै जीप दुर्घटना भएको छ । दुर्घटनामा १२ वर्षीइ बालकको ज्यान गएको छ भने १० जनाभन्दा बढी घाइते भएको दोरम्बा गाउँपालिका–२ का अध्यक्ष खड्ग श्रेष्ठले जानकारी दिए ।
दोलखाको झोरबाट रामेछापको दोरम्बामा पर्ने दहपातालका लागि रिजर्भमा हिडेका बलेरो सडकबाट करिव २ सय मिटर तल खसेको स्थानीय गोकर्ण श्रेष्ठले जानकारी दिए । घाइते मध्य धरैजसोको अवस्था गम्भीर रहेका वडा अध्यक्ष श्रेष्ठले जानकारी दिए । दुर्घटनास्थलबाट घाइतेहरुको उद्धार गरी उपचारका लागि दोरम्बा स्वास्थ्य चौकीमा पठाउने कार्य भइरहेको, प्रथमिक उपचार पछि काठामाडौं पठाउँने पनि तयारी भइरहेको वडा अध्यक्ष श्रेष्ठले जानकारी दिए ।
दुर्घटनाको जानकारी पाउना साथ दोरम्बा प्रहरी चौकीबाट प्रहरी हिडिसकेको जिल्ला प्रहरी कार्यालय रामेछापका प्रहरी नायव उपरीक्षक संतोषकुमार भट्टराईले जानकरी दिएका छन् । प्रहरीलाई घटनास्थल पुग्न १ घण्टा लाग्ने बताइएको छ ।
घटनाको विस्तृत जानकारी आउने केही समय लाग्े जिल्ला प्रहरी कार्यालय रामेछापका प्रमुख प्रहरी नावय उपरीक्षक भट्टराईले जानकारी दिए ।

Share this

प्रतिकृया

Add