स्थानीयको गुनासो सुन्न सिडिओ गौश्वारामा

 शनिबार, मंसिर ७, २०७६ | onlinenews
Share this

७ मंसिर, रामेछाप– रामेछापको प्रमुख जिल्ला अधिकारी लिलाकुमारी केसी पाण्डे स्थानीय सेवाग्राहीको गुनासो सुन्न गौश्वारा पुगेकी छन् । जिल्लाको ६४ वटै वडाहरुमा पुगेर स्थानीयको गुनासो सुन्ने कार्यक्रम अन्तर्गत शानिबार प्रजिअ केसी दोरम्बा गाउँपालिका–४ गौश्वारा पुगेकी हुन् ।
गौश्वार भौगोलिक रुपमा विकट भए पनि वडा कार्यालयले राम्रो सेवा प्रवाह गरेको पाइएको बताइन । वडा कार्यालयको सेवा प्रवाहबाट स्थानीय सेवाग्राही पनि सन्तुष्ट रहेको पाइएको प्रजिअ केसीले बताइन ।


गौश्वाराको विकास र समृद्धिको लागि सडकलाई स्थायित्व दिनुपर्ने आवश्यकता देखिएको पनि प्रजिअ केसीले बताइन । गौश्वार पुग्ने सडकलाई स्थायित्व दिन सक्ने हो भने गौश्वारामा विकास र समृद्धिको प्रसस्तै संभावनाहरु आपूmले देखेको प्रजिअ केसीको भनाई छ ।
नागरिकता, पासपोर्ट लगायको काम लिएर जिल्ला प्रशासन कार्यालयमा पुगेका सेवाग्राहीहरुले काम नभई फिर्ता आउनु पर्दा धेरै दुःख पाउने गरेको स्थानीय जनप्रतिनिधिहरुले प्रमुख जिल्ला अधिकारीसँग गुनासो गरेका थिए । त्यसैगरी गाउँमा घुम्ती शिविर आएको बेलामा वितरण गरिएका नागरिकताहरु फोटो खुइलिएर नचिनिने भएको र नागरिकताको प्रतिलिपि लिन पनि फोटो नचिदा समस्या भएको गुनासो गरेका थिए ।


वडाको विकासको लागि आवश्यक समन्वय गरिदिने र फोटो नचिनिले भएको नागरिकताको प्रतिलिपीको लागि सबै जनालाई एकै पटक सिफारिस दिए पठाउन आग्रह गरेकी छन् । वडाको सिफारिसको आधारमा नागरिकताको प्रतिनिधि दिइने प्रजिअ केसीले बताइन ।
सिफारिस गर्ने क्रममा केही कागजातहरुको बारेमा अलमल भएमा जिल्ला प्रशासन कार्यालयमा कार्यरत कर्मचारी वा प्रमुख जिल्ला अधिकारी आफैलाई पनि फोन गरेर बुझ्न सकिने बताएकी छन् । गौश्वाराबाट मन्थली पुग्न धेरै टाढा भएकाले सेवाग्राहीले मन्थली पुगेर काम नहुने समस्याको अन्त्यको लागि वडा कार्यालयले दिने सिफारिसमा संलग्न गर्नुपर्ने कागजातहरुको बारेमा जिल्ला प्रशासन कार्यालयमा फोनमार्फत बुझेर काजगाज पु¥याएर पठाउन आग्रह गरेकी हुन् ।
वडा कार्यालयमा आयोजना गरिएको स्थानीय सेवाग्राहीसँगको अन्तरक्रिया कार्यक्रमको सहजीकरण जिल्ला प्रशासन कार्यालय रामेछापका नायव सुब्बा लक्ष्मण भुजेलले गरेका थिए ।

Share this

प्रतिकृया

Add