चप्पल लगाउनेदेखि हेलिकप्टर चढ्नेसम्मलाई समान ब्यवहार गर्छुः डिएसपी पाठक

 शुक्रबार, माघ ३, २०७६ | onlinenews
Share this

२ माघ, रामेछाप– जिल्ला प्रहरी कार्यालय रामेछापका प्रमुख प्रहरी नायव उपरीक्षक बसन्त पाठकले राजनीतिक दवावबाट आपूm प्रभावित नहुने बताएका छन् । कसैको दवाव र प्रभावमा नपरी निष्पक्ष रुपमा काम गर्ने डिएसपी पाठकले बताए । एक हप्ता पहिले जिल्ला प्रहरी कार्यालय रामेछापको प्रमुख भएर आएका डिएसपी पाठकले पत्रकार भेटघाट कार्यक्रममा यस्तो बताएका हुन् । राजनीतिक दवाव आए पनि कानून र नियम विपरीत काम आपूmबाट नहुने डिएसपी पाठकको भनाई छ ।
काम गर्न नदिएमा बरु जिल्ला छोड्छु तर दवाव र प्रभावमा परेर कानून विपरीत काम मबाट हुँदैन उनले भने । प्रहरी संगठनभित्रको अनुसाशनलाई पनि कडाईका साथ पालना गराउने डिएसपी पाठकले बताएका छन् ।
आपूm मातहतको प्रहरीले गल्ती कमजोरी गरेमा हदैसम्मको कारबाही गर्ने बताउँदै प्रहरी संगठनभित्रबाट भएको गल्तीमा पनि आपूmले सम्झौता नगर्ने बताए । प्रहरी र नागरिकबीचको सम्बन्ध सुमधुर बनाउन प्रहरीसँग एक दिन कार्यक्रमलाई प्रभावकारी रुपमा सञ्चालन गर्ने बताएका छन् ।


अझै पनि प्रहरीसँग सर्वसाधरण डराउने गरेको भन्दै सर्वसाधरणमा प्रहरी हाम्रै साथी हो भन्ने भावनाको विकास गराउन प्रहरीसँग एक दिने कार्यक्रम अन्तर्गत प्रहरीले सञ्चालन गर्ने गतिविधिहरुको बारेमा सर्वसाधरणलाई जानकारी गराउने काम भइरहेको र आगामी दिनमा पनि हुने डिएसपी पाठकको भनाई छ ।
जिल्लामा दरबन्दी अनुसारको प्रहरी संख्या नहुँदा काम गर्न कठिनाई भइरहेको भन्दै यही माघ ६ गतेदेखि प्रहरी निरीक्षक र प्रहरी सहायक निरीक्षकमा भर्ना खुल्ने भएकाले इच्छुक महानुभावहरुले आवेदन भर्न सक्ने बताए ।
डिएसपी पाठकले आफ्नो कार्यकालमा प्रहरीमा आउने उजुरीहरुमा निष्पक्ष रुपमा छानविन गरि दोषिलाई कारबाही र निर्दोषलाई न्याय दिन प्रतिवद्ध रहेको बताए । सदरमुकाम र बजार एरियाहरुमा हुने असामाजिक र गलत क्रियाकलापलाई नियन्त्रण गर्न प्रहरीको गतिविधिलाई बढाउने पनि डिएसपी पाठकले बताएका छन् ।
यही माघ १ गतेदेखि मन्थली बजारमा एकतर्फी सडक नियम लागू भएको जानकारी दिंदै रामेछापका ट्राफिक प्रहरी प्रमुख रामेश्वर पाण्डेले ट्राफिक नियमलाई कडाईका साथ पालना गराउने बताएका छन् ।
मन्थली बजारबाट बसपार्कतर्फ जाँदा देवकोटा चोकबाट जिल्ला प्रहरी कार्यालय हुँदै जाने र बसपार्क तर्फबाट आउँदा मुख्य बजार हुँदै देवकोटा चोक आउने गरि एकतर्फी यातायात सञ्चालन गरिएको हो । बजारमा सवारी पार्कीङ नभएको गुनासो आइरहेको बेला सडक एकतर्फी सञ्चालन भएसँगै अब केही दिनमा बजार एरियाको सडकमा एकतर्फी पार्कीङको पनि ब्यवस्था गरिने ट्राफिक प्रहरी प्रमुख पाण्डेले बताए । यातायातमा विद्यार्थीले पाउने छुटलाई पनि लागू गर्ने उनले बताए । दूर्घटना न्यूनिकरण गर्न सडकमा ट्राफिक सामग्रीको ब्यवस्थापन साथै ट्राफिक गतिविधिलाई गाउँगाउँसम्म पनि पु¥याउने पाण्डेले बताए ।

Share this

प्रतिकृया

Add