जिल्ला निर्वाचन कार्यालय रामेछापको निर्माणाधिन भवन ३ वर्षदेखि अलपत्र

 सोमवार, चैत्र ३, २०७६ | onlinenews
Share this

३ चैत्र, रामेछाप– जिल्ला निर्वाचन कार्यालय रामेछापको निर्माणाधिन भवन तीन वर्षदेखि अलपत्र परेको छ । भवन निर्माणको काम विचैमा छोडेर निर्माण ब्यवसायि सम्पर्कविहीन भएपछि निर्माणाधिन भवन तीन वर्षदेखि अलपत्र परेको हो ।
मन्थली नगरपालिका–१ बसपार्कमा निमार्णाधिन साँढे २ तले पक्की भवनको ढलान गरेर अलपत्र अवस्थामा छाडेर हिडेका निर्माण व्यवसायि तीद वर्षदेखि फर्किएका छैनन् । २०७४ साल साउन महिनाभित्र सम्पन्न गरेर कार्यालयलाई बुझाइसक्ने गरी २०७३ साल माघ महिनामा निर्माण ब्यवसायि र जिल्ला निर्वाचन कार्यालय रामेछापबीच दोहोरो सम्झौता भएको थियो ।


२ करोड ६ लाख ३८ हजार ५ सय ४२ रुपैयाँको लागतमा सम्पन्न गर्नेगरि धुलिखेल ब्रमायणी÷कामख्या जे.भी.नयाँ बानेश्वरले भवन निर्माणको जिम्मा पाएको थियो । तर, तीन वर्षदेखि निर्माण ब्यवसायि सम्पर्कमा नआएको जिल्ला निर्वाचन कार्यालय रामेछापले जनाएको छ । समयमै भवन नबन्दा कार्यालयको काम सञ्चालन गर्न समेत समस्या भएको जिल्ला निर्वाचन कार्यालय रामेछापका प्रमुख अर्जुन राइले बताए ।


जिल्ला निर्वाचन कार्यालयले मासिक २५ हजारमा घर भाडामा लिएर कार्यालय सञ्चालन गर्दै आएको छ । निर्माण व्यवसायीलाई सम्र्पक गर्न खोज्दा समेत सम्र्पक हुन नसकेको कार्यालय प्रमुख राइले जानकारी दिए । धुलिखेल ब्रमायणी÷कामख्या जे.भी.नयाँबानेश्वरको नाममा पठाएको तीन वटा ताकेता पत्र समेत फिर्ता आएको जिल्ला निर्वाचन कार्यालय रामेछापले जनाएको छ ।

Share this

प्रतिकृया

Add