सुनसान सदरमुकाम मन्थली लकडाउनको पूर्णपालना

 मङ्लबार, चैत्र १८, २०७६ | onlinenews
Share this

१८ चैत्र, रामेछाप– लकडाउनलाई पूर्णरुपमा पालना गराउन जिल्ला प्रशासन कार्यालय रामेछापले कडाई गरेको छ । लकडाउनको उल्लंघन हुन नदिन सुरक्षाकर्मीको सक्रियाता समेत बढाइएको छ । सदरमुकाम भित्रीने र बाहिरिने नाका तथा बजारको चोकहरुमा सुरक्षाकर्मी परिचालन गरेर स्थानीयलाई घर बाहिर निस्कन रोक लगाइएको छ ।
अत्यावश्यक र अनुमति लिएका बाहेकका सवारीलाई पनि सडकमा गुड्न प्रतिबन्ध लगाइएको छ । अस्पताल, औषधी पसल, एम्बुलेन्स, शब बाहन, इन्धन र दूरसञ्चार बाहेकका सेवा बन्द गरिएको छ । कतिपय अस्पतालहरुले समेत गेटमा ताल्चा लगाएर रुघाखोकीका विरामीलाई अस्पताल प्रवेशमा रोक लगाएको छ ।
अत्यवश्यक खाद्यन्न, दूध, तरकारी, खाना पकाउने ग्याँस, फलपूmल लगायतका खाद्य सामग्री खरिदको लागि बिहान ५ बजेदेखि ८ बजे र बेलुका ५ बजेदेखि ७ बजे सम्मको समय तोकेर अन्य समयमा स्थानीयलाई घर बाहिर निस्किन प्रतिबन्ध लगाएको हो ।
अनावश्यक हिड्ने सवारी साधन र यात्रुलाई प्रहरीले रोकेर जहाँबाट आएको त्यतै फर्काइदिने गरेको छ । जारी आदेशको अवहेलना गर्ने वा काममा बाधा पु¥याउनेलाई संक्रामक रोग ऐन २०२० (संशोधन सहित) दफा ३ बमोजीम कारबाही गर्ने पनि जिल्ला प्रशासन कार्यालयले सूचना प्रकाशित गरेर चेनावनी दिएको छ । रामेछाप जिल्लामा लकडाउनको पूर्ण पालना भएको प्रमुख जिल्ला अधिकारी रुद्रा देवि शर्माले जानकारी दिइन ।

मंगलबार मन्थलीमा जे देखियो १० तस्वीरमा

 

 

Share this

प्रतिकृया

Add