नेपाल तरुण दलले दियो: प्रहरी, पत्रकार र एम्बुलेन्स चालकलाई पीपीई

 शुक्रबार, चैत्र २१, २०७६ | onlinenews
Share this

२१ चैत्र–रामेछाप– नेपाल तरुण दल रामेछापले प्रहरी, ट्राफिक प्रहरी, पत्रकार र एम्बुलेन्स तथा शब बाहन चालकलाई पर्सनल प्रोटेक्टिभ इक्यूप्मेन्ट (पीपीई) प्रदान गरेको छ । प्रहरी, पत्रकार र एम्बुलेन्स घटना वा दुर्घटना भएको अवस्थामा अग्रभागमा जानुपर्ने हुँदा कोरोना संक्रमण हुनबाट सुरक्षित होस भनेर पीपीई प्रदान गरिएको नेपाल तरुण दल रामेछापका उपाध्यक्ष बासुदेव फुयाँलले बताए ।
कोरोनाको त्रासको कारण दुर्घटनामा परेका विरामीको उद्दारमा जान समेत मानिसहरु डराएको भन्दै आग्रभागमा रहेर उद्दार तथा रिपोर्टिङ गर्ने निकायलाई पीपीई प्रदान गरिएको उपाधयक्ष फुयालको भनाई छ ।


नेपाल तरुण दलले जिल्ला प्रहरी कार्यालय रामेछापलाई १० थान, ट्राफिक प्रहरीलाई २ थान जिल्लामा सञ्चालीत ५ वटा एम्बुलेन्सका चालकहरु एक÷एक प्रदान गरेको छ । त्यसैगरी तीनजना टेलीभिजन पत्रकारहरुलाई एक÷एक थान गरि जम्मा २० थान पिपिई प्रदान गरेको हो ।
प्रहरी मेरो साथी भन्ने कार्यक्रमलाई सहयोग पु¥याउन र प्रहरी मात्रै जनताको साथी नभई जनता पनि प्रहरीको साथी हो भन्ने सन्देश दिने उद्देश्यले तरुण  दलले जनताको तर्फबाट प्रहरीलाई पीपीई दिएर सहयोग गरेको समाजसेवि तथा नेपाली काँग्रेस रामेछापका नेता विरेन्द्र श्रेष्ठले बताए ।


उक्त सामग्री जिल्ला प्रहरी कार्यालयलाई मन्थली नगरपालिका प्रमुख रमेशकुमार बस्नेतद्धारा प्रदान गरिएको थियो भने पत्रकार र एम्बुलेन्स तथा शब बाहन चालकलाई नगर प्रमुख बस्नेत र तरुण दल रामेछापका अध्यक्ष काजीबहादुर खड्काले संयुक्त रुपमा हस्तान्तरण गरेका थिए । आवश्यक परेमा थप पीपीई ल्याएर वितरण गर्ने पनि नेपाल तरुण दल रामेछापले जनाएको छ ।

Share this

प्रतिकृया

Add