जिल्लाबासीको उद्दारका लागि सांसद श्रेष्ठ सडकमा

 शुक्रबार, बैशाख १२, २०७७ | onlinenews
Share this

१२ वैशाख, रामेछाप– काठमाडौंमा मजदुरी गरेर छाक टार्दै आएकाहरु लकडाउनसँगै काम बन्द भएपछि अहिले बिचल्लीमा परेका छन् । काम बन्द भएपछि खान नपाएर उद्दारका लागि हारगुहार गरिरहेका जिल्लाबासीका उद्दारका लागि रामेछापका संघीय सरकारका सांसद श्यामकुमार श्रेष्ठ सडकमा निस्किएका छन् ।
पूर्व गृहराज्य मन्त्री समेत रहेका संघीय सांसद श्रेष्ठ काठमाडांैमा बेखर्ची बनेर अलपत्र परेका रामेछापका नागरिकलाई उद्दार गर्न आफै सडकमा निस्कएका हुन् । इटा भट्टामा काम गर्ने र दैनिक ज्याला मजदुरी गरेर जिविको चलाउँदै आएका तर लकडाउनसँगै काम बन्द भएपछि काठमाडौंमा बेखर्ची भएर बसेका सयौं मजदुरको उद्दार गरि सांसद श्रेष्ठले घर पठाएका छन् ।


बुधबार राति जिल्लाबासीलाई घर पठाउदै गरेको अवस्थामा भक्तपुरमा भेटिएका सांसद श्रेष्ठले लकडाउनको कारण ज्यामी मजदुरी गरेर खानेहरू कोठा भाडा तिर्न र रासन समेत जोहो गर्न नस्ने भएपछि उनीहरुलाई उद्दार गरि गाउँ पठाइएको बताए ।
यात्रुहरुको सुरक्षाको लागि केही गाउँपालिकाको सहयोगमा गाडी र यात्रुलाई पुरै सेनिटाइज (डिसइन्फेक्टेड) औषधी छर्किएर पठाउने गरिएको पनि श्रेष्ठले जानकारी दिए । बसलाई सेनिजाइज गर्न सम्भब नभएका केही गाउँ पालिकाले भने सजकता अपनाएर पठाएको उनले बताए ।
बुधबार र शुक्रबार मात्रै गोकुलगंगा गाउँपालिकाका ८ सय भन्दा बढीलाई उद्धार गरि घर पठाइएको छ । गोकुलगंगा गाउँपालिकाबासीको उद्दार कार्यमा सांसद श्रेष्ठको समेत सहयोगमा ब्यवसायी एबं नेकपाका युवा नेता विष्णु कार्की, रामेछाप क्षेत्र न.ं १ का नेकपा इन्चार्ज सेवक कार्की र टेलीभिजन पत्रकार एवं सामाजिक अभियानता उद्धबकुमार कार्की खटिएका छन् ।


आफूहरूले भने गाउँपालिकाको समन्वयमा गाडी र यात्रुलाई होलबडी सेनिटाइज गरि पञ्जा र मास्क वितरण गरेर सुरक्षितसँग पठाइएको नेता ब्यवसायि विष्णु कार्कीले बताए । संक्रमणको जोखिमलाई ध्यनमा राखेर प्रोफेसनल किलिनिङ कम्पनी अनमोल फ्यासिलिटिजद्धारा आफूहरूले गाउँपालिका पठाएका सबै बसमा सेनिटाइज गरेको पठाइएको उनले बताए ।
उद्दारका नाममा गाउँमा मान्छे पठाउँदा हुनस्ने जोखिमको बारेमा आफूहरू सचेत रहेको भन्दै घरमा पुगेर समेत होम क्वारेटिनमा बस्न आग्रह गरिको उद्दारकर्मी पत्रकार कार्कीले बताए । अधिबक्ता समेत रहेका पत्रकार उद्धबकुमार कार्कीले सर्वोच्च अदालतले लानै पर्ने नागरिकलाई सुरक्षितसँग गन्तव्यमा पु¥याउन सरकारलाई आदेश दिएको बताउँदै गाडी र यात्रुको बडी डिसइन्फेक्टेड गरेर मात्र लान समेत सुझब दिए । ब्यबसायि र पत्रकार कार्की द्धयले लकडाउनको समयमा काठमाडौमा रहेका गाउँपालिकाका विरामीलाई निशूल्क रूपमा अस्पताल पु¥याउने ब्यवस्ता समेत गर्दै आएका छन् ।

Share this

प्रतिकृया

Add