सामुदायिक अस्पतालले दियो स्थानीय मजदुरलाई राहत

 बुधबार, बैशाख १७, २०७७ | onlinenews
Share this

१७ वैशाख, रामेछाप– रामेछाप सामुदायिक अस्पताल मन्थलीका सञ्चालन तथा मन्थली नगरपालिका–१ का अध्यक्ष नारायणदाश श्रेष्ठले ब्यक्तिगत रुपमा १५ जनालाई राहत दिएका छन् ।
लकडाउनका कारण काम बन्द भएपछि खान समस्या भएका स्थानीय मजदुरलाई रामेछाप सामुदायिक अस्पतालको तर्फबाट आपूmले ब्यक्तिगत रुपमा राहत प्रदान गरेको अस्पतालका सञ्चालक श्रेष्ठले जानकारी दिए ।
आपूm जनप्रतिनिधि समेत भएकाले स्थानीयले खान समस्या भएको भनि गुनासो गरेपछि आपूmले ब्यक्तिगत रुपमा राहान प्रदान गरेको उनको भनाई छ ।


खान समस्या भएका नगरबासीलाई नगरपालिकाले राहत प्रदान गर्ने भनिए पनि अधिकांश वडाहरु, एउटै वडाले ७÷८ सय जनाको नाम राहतको लागि सिफारिस गरेपछि नगरपालिकाले अहिलेसम्म राहात दिन नसकेको पनि श्रेष्ठले बताए ।
नगरपालिकाले राहत वितरण गर्न नसकेको अवस्थामा वडा अध्यक्ष श्रेष्ठले आफ्नो ब्यक्तिगत तर्फबाट आफ्ना वडाका नागरिकलाई राहत प्रदान गरेका हुन् । बुधबार १५ जना स्थानीय मजदुरलाई राहत प्रदान गरेका श्रेष्ठले आफ्ना वडाबासी भोकै परेको अवस्थमा आफ्नो जग्गा बेचेर भए पनि आफ्ना जतालाई खाना खुवाउने ब्यवस्था गर्ने बताए ।


श्रेष्ठले १५ जनालाई ३० केजीको चामल १ बोरा, दाल २ केजी, तेल १ लिटर र नून एक केजीका दरले १५ बोरा चामल, ३० केजी दाल, ३० लिटर तेल र ३० केजी नून प्रदान गरेका छन् । मन्थली नगरपालिका–१ स्थित हाटेचौरका माझी समुदाय र सानीमदौका भुजेल समुदायका मजदुरहरुलाई राहात प्रदान गरिएको हो ।
मन्थलीमा कोठा भाडामा लिएर बस्दै आएका र लकडाउनको कारण खान समस्या भएका रोल्पा रुकुम लगायतका बाहिरी जिल्लाका मजदुरलाई राहात दिन मन्थली नगरपालिका प्रमुख रमेशकुमार बस्नेले आदेश दिएपछि केही दिन अघि वडाको तर्फबाट २ सय ६० जना मजदुरलाई पनि वडा अध्यक्ष श्रेष्ठले राहत प्रदान गरेका थिए ।

Share this

प्रतिकृया

Add