उदयपुरबाट आएका दुई जना क्वारेन्टाइनमा

 बिहिबार, बैशाख १८, २०७७ | onlinenews
Share this

१८ वैशाख, रामेछाप– मन्थली नगरपालिका–४ सालु घर भई उदयपुर जिल्लाको गाइघाट बस्दै आएका दुई जना ब्यक्ति रामेछाप आएपछि मन्थली नगरपालिकाले क्वारेन्टाइनमा राखेको छ ।
उदयपुरबाट एम्बुलेन्समा सिन्धुलीको खुर्कोटसम्म आएको र खुर्कोटबाट पैदल हिडेर घर जान रामेछाप आइरहेका उनीहरुलाई नियन्त्रणमा लिएर क्वारेन्टाइनमा राखिएको मन्थली नगरपालिका प्रमुख रमेशकुमार बस्नेतले जानकारी दिए ।
उनीहरु खुर्कोटमा आइपुगेको सूचना आएपछि मन्थली नगरपालिकाले उनीहरुलाई मन्थली ल्याएको थियो । उनीहरुलाई मन्थलीस्थित क्वारेन्टाइनमा राखिएको नगरपालिकाले जानकारी दिएको छ ।

Share this

प्रतिकृया

Add