लकडाउनले दुध बिक्री नभएपछि दुध किसान चिन्तित

 बिहिबार, बैशाख १८, २०७७ | onlinenews
Share this

१८ वैशाख, रामेछाप– लकडाउनका कारण दूध र दुग्धजन्य बस्तु नबिकेपछि बजार ब्यवस्थापन गरिदिन भन्दै रामेछापका दूग्ध ब्यवसायिहरु जिल्ला प्रशासन कार्यालय पुगेका छन ।
ब्यवसायिले लामो समयसम्म लकडाउन भएको कारण आपूmहरुको गाई, भैसीको दूध नबिकेको हुँदा बिक्रीका लागि सहज वातावरण बनाइदिन प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्मा समक्ष कृषकहरुले अनुरोध गरेका थिए ।
किसानहरुले उत्पादन गरेकोको दूध जिल्लामा रहेका २ वटा दूध डेरी र होटलहरुले नियमित रुपमा खरिद गर्दै आएको भए पनि लकडाउनका कारण उनीहरुले लिन छाडेपछि उनीहरु प्रमुख जिल्ला अधिकारी समक्ष गुनासो गर्न पुगेका हुन् ।
दैनिक रुपमा उत्पादन भएको दुध बिक्री गरि त्यहिबाट आएको रकमले दाना खरिद गरेर गाई, भैसीलाई खुवाउनु पर्ने किसानहरुको बाध्यता रहेको छ ।
सदरमुकाम मन्थली आसपासमा उत्पादन हुने गरेको दुध बजारमा नबिकेपछि आपूmहरु प्रमुख जिल्ला अधिकरी समक्ष दुधलाई अत्यावश्यक सेवा अन्तर्गत राखि औषधिजन्य बस्तुमा रुपान्तरण गरिदिन आपूmहरु जिल्ला प्रशासन कार्यलयमा पुगेको रामेछाप दुग्ध शहकारी संस्थाकी अध्यक्ष डुकुना घिमिरिले बताइन ।


दुध खरिद, बिक्री र बजार ब्यवस्थापनका लागि प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्माले जिल्लामा रहेका दुबै दुग्घ चिस्यान केन्द्रका सञ्चालकहरु समेतको सहभागितामा यस समस्याको समाधानका लागि उपयाय खोज्ने बताएकी छन् ।
दुध उत्पादक किसानहरुले दुध डेरीहरुलाई दिनभर नै बिक्री वितरण गर्न दिनुपर्ने माग राखे पनि प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्माले लकडाउनमा दुध डेरीलाई खुल्ला राख्दा दुध र दूग्धजन्य बस्तु खरिद गर्ने नाममा अनावश्यक भिडभाड हुने सम्भावना रहेकाले बिहान र बेलुकाको निश्चित समयका लागि दुध डेरी खोल्न सक्ने गरी आन्तरिक रुपमा सहयोग गर्ने बताइन ।
लकडाउनका कारण बिहानदेखिनै आफ्ना डेरीहरु खोल्न नपाइने र पसल खोल्न नपाएपछि उपभोक्ताहरु पनि दुध र दूग्धजन्य पदार्थ खरिद गर्न नआउने भएकाले आपूmहरुले पनि किसानहरुको दुध लिन नसकेको डेरी सञ्चालकहरु बताउछन ।
विद्यमान अवस्थामा आपूmले किसानको दुध दिन विराएर लिने गरेको र त्यसबाट बनेका परिकारहरु बिक्री बितरण नभई लाखौको सामान स्टक रहेकाले दुध डेरीहरु दिनभर खोल्न पाउने हो भने किसानको दुध सबै लिन सकिने चिरन्जीबी डेरी उद्योगका सञ्चालक भानुभक्त श्रेष्ठले बताए ।
रामेछाप डेरीका सञ्चालक किशोर पौडेलले आफ्नो बजार जिल्लामा भन्दा पनि जिल्ला बाहिर बढि रहेकाले जिल्ला बाहिर दुध पठाउने वातावरण नबनेसम्म किसानको सबै दूध निल नसकिने बताए ।
दुध उत्पादक कृषक, खरिद गर्ने डेरी सञ्चालक र प्रमुख जिल्ला अधिकारीबीच त्रिपक्षीय छलफल हुँदा साँझको समयमा पनि दुध डेरीहरु खोल्न दिने र डेरीहरुले सकेसम्म धेरै दुध किसानहरुको लिनुपर्ने सहमति भए पनि आपूmहरु त्यस किसिमको मौखिक सहमतिप्रति सन्तुष्ट नभएको दुध किसान यज्ञप्रासद ढुङ्गेलले बताए ।

Share this

प्रतिकृया

Add