घरमा बाँधेको बाख्रा मार्ने अपरिचीत एक ब्यक्ति पक्राउ २ जना फरार

 सोमवार, बैशाख २२, २०७७ | onlinenews
Share this

२२ वैशाख, रामेछाप– मन्थली नगरपालिका–४ गैराथोकमा घरमा बाँधिराखेको बाख्रा मार्ने एकजना अपरिचीत ब्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ भने उनीसँगै आएका अर्का दुईजना फरार भएका छन् ।
खुकुरी बोकेर तीन जनाको समूहमा आएका ब्यक्तिहरुले मन्थली नगरपालिका–४ गैराथोकस्थित भिमबहादुर पुलामी मगरको घरमा बाँधिराखेको बाख्राको पाठो मारेका हुन् ।


बाँधिराखेको पाठोलाई खुकुरी प्रहार गरेको घरका मान्छेले थाहा पाएर हल्लखल्ल गरेपछि मान्छेलाई समेत काटिदिने भन्दै धम्क्याएका थिए ।
अपरिचीत ३ जना ब्यक्ति गाउँ पसेर बाँधिराखेको बाख्र मारेको थाहा पाएर जम्मा भएका गाउँलेहरुले नियन्त्रणमा लिनखोज्दा २ जना फरार भएको र एक जनालाई भने स्थानीयले नियन्त्रणमा लिएर प्रहरीलाई जिम्मा लगाएको मन्थली नगरपालिका–४ का सदस्य जितबहादुर आले मगरले जानकारी दिए ।
स्थानीयले दिएको जानकारीको आधारमा बाख्रा मार्न सम्लग्न एक जनालाई प्रहरीले पक्राउ गरेको र दुई जना फरार रहेको जिल्ला प्रहरी कार्यालय रामेछापका प्रवक्ता प्रहरी निरीक्षक टेकेन्द्र पौडेलले जानकारी दिए । घटनाको सम्पूर्ण विवरण भने आउँन बाँकी रहेको प्रहरीले जनाएको छ ।

Share this

प्रतिकृया

Add