नेपाल टेलिभिजन र रेडियो नेपालको टावर ढाल्यो

 बिहिबार, बैशाख २५, २०७७ | onlinenews
Share this

२५ वैशाख, सुर्खेत– हावाहुरीले नेपाल टेलीभिजन र रेडियो नेपालको टावर ढलेको छ । भेरीगंगा नगरपालिका–४ हर्रे चमेरे डाँडामा रहेको नेपाल टेलिभिजन र रेडियो नेपालको टावर ढालेको हो । वर्षासँगै आएको हावाहुरीले रेडियो नेपाल र नेपाल टेलिभिजनको रिले स्टेशनको टावर ढालिदिएको हो ।
मानविय क्षति भने नभएको रिले स्टेशन हर्रेले जानकारी दिएको छ । टेलिभिजन र रेडियो दुवैको टावर भाँचिएकाले प्रशारणमा अवरुद्ध भएको छ । क्षतिग्रस्त टावर मर्मतका लागि केही समय लाग्ने र त्यसबेलासम्म कुनै वैकल्पिक माध्यमबाट रेडियो प्रशारण गरिने पनि बताइएको छ ।

Share this

प्रतिकृया

Add