विवाह भोजको खर्च कटौती गरेर भोका मजदुरलाई मासु भात

 मङ्लबार, बैशाख ३०, २०७७ | onlinenews
Share this

३० वैशाख, काठमाडौं– विश्वभर महामारीको रुपमा पैmलिएको कोरोनाभाइरसको कारण सरकारले देशमा लकडाउन घोषणा गरेपछि मजदुरी बन्द भएर भोकै परेका मजदुरहरुलाई प्रदीपले दैनिक खाना खुवाउँदै आएको ३० दिन भइसकेको छ ।
रामेछापको मन्थली नगरपालिका–४ सालुका प्रदिप घिमिरेले खान नपाएर भोकभोकै सडक पेटीमा बसिरहेका मजदुरहरुलाई गत चैत्र २९ गतेदेखि दैनिक खाना खुवाउँदै आएका छन् । मजदुरी गरेर पेट पाल्दै आएका र लकडाउनको कारण काम बन्द भएपछि भोकभोकै सडक पेटीमा बस्दै आएका २ सय जना भन्दा बढी मजदुरहरुलाई उनले दैनिक खाना खुवाउदै आएको एक महिना वितिसकेको छ ।
प्रदिपले भोका मजदुरलाई खाना खुवाउँदै आएको ३० आंै दिनमा प्रदिपका बहिनी प्रिनम शर्मा र ज्वाई नवराज धितालले आफ्ना विवाह भोजको खर्च कटौती गरेर २ सय १ जना मजदुरलाई मासु भात खुवाएका छन् । यही वैशाख २२ गते प्रिनम र नवराज वैवाहिक जीवनमा बाँधिएका थिए ।


उनीहरुले आफ्नो विवाह भोजको आयोजना गरेनन् । भोजमा लाग्ने खर्चले उनीहरुले ३० दिनदेखि सडक पेटीमा बस्दै आएका मजदुरहरुलाई मासु र भात खुवाएका छन् । दैनिक २ सय भन्दा बढी मजदुरलाई खाना खुवाउँदै आएका प्रदिपले वैशाख २२ गते बहिनीको विवाह पश्चत मजदुरहरुलाई एकछाक मासु र भात खुवाएका थिए ।
उनले बहिनीको विवाह भोजमा लाग्ने खर्च कटौती गरेर मजदुरहरुलाई मासु भात खुवाएका थिए । प्रदिपले बहिनीको विवाहमा माइती पक्षबाट गरिने भोजको आयोजना गर्नुको सटो मजदुरलाई मासुभात खुवाएका थिए ।

Share this

प्रतिकृया

Add