कोरोना संक्रमितको संख्या ८८६ पुग्यो

 बुधबार, जेष्ठ १४, २०७७ | onlinenews
Share this

१४ जेठ, काठमाडौ– नेपालमा कोरोनाभाइरस संक्रमितको सख्या ८ सय ८६ जना पुगेको छ । बुधबार एकै दिन १ सय १४ जनामा कोरोना भाइरस पुष्टि भएपछि ८ सय ८६ जना पुगेको हो ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौं, धरान, विराटनगर, पोखरा, हेटौंडा, दाङ र पोखरामा गरिएको परीक्षणमा एकैदिन यतिधेरै संक्रमित फेला परेका हुन् ।
मन्त्रालयको अनुसार बुधबार धरानको बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको परीक्षणमा ११ जनामा पोजेटिभ देखिएको छ ।
यसैगरी कोसी अस्पतालमा गरिएको परीक्षणमा झापाका १७ जनामा कोरोना पोजेटिभ देखिएको छ । हेटौडामा भएको परीक्षणमा रौतहटका ७ सहित ८ जनामा कोरोना पोजेटिभ देखिएको छ ।
पोखरामा भएको परीक्षणमा बागलुङका ४ जनामा पोजेटिभ देखिएको छ । दाङमा भएको परीक्षणमा रुकुम पूर्वका ३, दाङका १५ गरी १८ जनामो पोजेटिभ देखिएको हो । भेरी अस्पतालमा भएको परीक्षणमा १६ जना पोजेटिभ देखिएको मन्त्रालयले जनाएको छ । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको परीक्षणमा ३८ जनाको पोजेटिभ रिपोर्ट आएको छ ।

Share this

प्रतिकृया

Add