नेपालमा अर्कालाई सम्पत्ती कमाइदिँदा भ्रष्टाचार भएको छ : न्यौपाने
शनिबार, मंसिर १, २०८१
१५ जेठ, रामेछाप–नेपाली काँग्रेसका महामन्त्री डा.सशांक कोइराला प्रजातान्त्रिक योद्धा एवं नेपाली कांग्रेसका नेता स्वर्गीय रुद्रप्रसाद ढुंगेलको परिवारलाई भेटेर ढुङ्गेलको निधनप्रति दुःख ब्यक्त गरेका छन् ।
ढुङ्गेलको १० औं पुण्य तिथिका दिन कलंकीस्थित हिन्दु परम्परा अनुसार काजकिरिया भइरहेको स्थानमा पुगी स्वर्गीय ढुङ्गेलका श्रीमति तारादेवी र छोरा दिपक ढुङ्गेललगायत परिवारलाई भेटी दुःख व्यक्त गर्नुभएको नेविसंघका पूर्व केन्द्रिय सदस्य रत्नहरी ढुंगेलले जानकारी दिए ।
कोइरालाले स्वर्गीय ढुङ्गेल आफ्नो पिता बीपी कोइरालाको अत्यन्तै विश्वास पात्र र एक असल अनुयायी भएकाले उहाँको निधनबाट आपूmले परिवारको एक प्रिय सदस्यलाई गुमाएको अनुभूति भएको बताए । कोइरालाले भने– ‘लोकतन्त्र र काँग्रेसलाई मजबुद बनाउन उहाँको ठूलो योगदान छ । उहाँलाई र उहाँको परिवारलाई काँग्रेसले सदैव सम्झिरहने छ डा. कोइरालाले भने । यो दुःखको घडीमा सिंगो नेपाली काँग्रेस परिवारको साथमा रहेको महामन्त्री कोइरलाको भनाई थियो ।
महामन्त्री कोइरालासँगै नेपाली काँग्रेस रामेछापका सभापति लवश्री न्यौपाने, बीपी प्रतिष्ठानका अध्यक्ष रामकृष्ण खड्का, नेता घननारायण श्रेष्ठ ‘घनश्याम’ लगायतका नेताहरु स्वर्गीय ढुङ्गेलका परिवारलाई भेट्न गएका थिए । साथै बीपी कोइराला प्रतिष्ठानले ढुङ्गेललको निधनले प्रजातान्त्रिक आन्दोलनमा अपुरणीय क्षति पुगेको भन्दै परिवारजनमा श्रद्धाञ्जली पत्र हस्तान्तरण गरेको थियो ।