गाडी गुडेको तीन महिनामै भत्कियो कालोपत्रे

 शनिबार, जेष्ठ १७, २०७७ | onlinenews
Share this

सन्तोष ढुङ्गेल


१७ जेठ, रामेछाप– सदरमुकाम मन्थली बजारको देवकोटा चोकबाट जिल्ला प्रहरी कार्यालय हुँदै बसपार्क जोड्ने सडक कालोपत्रे भएर गाडी गुडेको तीन महिनामै भत्किएको छ ।
देवकोटा चोकबाट बसपार्कसम्म १ हजार ८ सय मिटर सडक कालोपत्रे गरि गत फागुनबाट एकतर्फी गाडी सञ्चालन गरिएको थियो । लकडाउनको कारण गाडीहरु खासै गुडेका छैन् तर कालोपत्रे उप्किएर सडकमा भने ठूला–ठूला खाल्डोहरु बनिसकेका छन् ।


निर्माण ब्यवसायिको लापर्बाहीको कारण सडक दीगो हुन नसकेको स्थानीयको आरोप छ । सडक निर्माण भएको तीन महिना पनि नवित्दै सडक भत्किनु आपत्तिजक भएको उपभोक्ता मञ्च रामेछापका अध्यक्ष रामचन्द्र कडेलले बताए । राजनीतिक दल, नागरिक समाज सबै मिलेर सडकको गुणस्तर सम्बन्धित निर्माण ब्यवसायिलाई सुधार गर्न लगाउनु पर्ने कडेलको भनाई छ ।
चिसो मौसममा कालोपत्रे गरिएकाले सडकको कालोपत्रे उप्किएको मन्थली नगरपालिकाका इन्जीनियर डिल्ली अधिकारीले बताए । नगरपालिका मुनी करिब १ सय ५० मिटर दुरीमा मात्रै समस्या भएको भन्दै इन्जीनियर अधिकारीले पौष महिनामा कालोपत्रे गरिएकाले डिफेक्ट आएको बताए । भत्किएको सडकलाई मर्मत गर्ने तयारी भइरहेको पनि उनले बताए ।


प्राविधिक सुपरभिजन नपुगेकाले सडक गुणस्तरीय हुन नसकेको मन्थली नगरपालिकाको भनाई छ । सो सडक ४ करोड १७ लाख ७१ हजारमा खाम्पाचे नाइल जेभी कन्स्टकसनले ठेक्का परेको थियो । सो रकम मध्यय ४ करोड, ३ लाख ६९ हजार रुपैयाँ भुक्तानी भइसकेको मन्थली नगरपालिकाले जनाएको छ ।

Share this

प्रतिकृया

Add