क्वारेन्टाइनमा बसेकाहरुको लागि योग शिक्षा

 मङ्लबार, जेष्ठ २०, २०७७ | onlinenews
Share this

२० जेठ, रामेछाप– मन्थलीको क्वारेन्टाइनमा बसेकाहरुको लागि रोग प्रतिरोधात्मक क्षमता बढाउने आयुर्वेदिक औषधी वितरण गर्नुका साथै योग शिक्षा सुरु गरिएको छ । मन्थली नगरपालिका वडा नम्बर १ को क्वारेन्टाइनमा बसेका ब्यक्तिहरुबाट आयुर्वेदिक औषधी वितरण तथा योग शिक्षा सुरु गरिको हो ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको आयुर्वेदिक तथा वैकल्पिक चिकित्साद्धारा कोभिड १९ को विरुद्धमा रोग प्रतिरोधात्मक क्षमता बढाउने औषधी वितरण गर्ने साथै क्वारेन्टाइन र आइसोलेसनहरुमा योग, ध्यान प्रणाम सिकाउने निर्देशिका अनुसार औषधी वितरण तथा योग शिक्षा सुरु गरिएको जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र मन्थलीका प्रमुख दिपक कार्की कार्कीले बताए ।


औषधी वितरण तथा योग शिक्षालाई श्रोत साधनले भ्याएसम्म जिल्लाभरी नै सञ्चालन गर्ने कार्यक्रम रहेको पनि कार्कीले जानकारी दिए । अग्रभागमा रहेर काम गर्ने स्वास्थ्यकर्मी, सुरक्षाकर्मी र सञ्चारकर्मीहरुलाई पनि रोग प्रतिरोधात्मक क्षमता बढाउने आयुर्वेदिक औषधी प्रदान गर्ने कार्यक्रम रहेको कार्यालय प्रमुख कार्कीको भनाई छ ।


योग, ध्यान प्रणामले मानिसमा रोग प्रतिरोधात्मक क्षमता बढाउने भएकाले कोभिड १९ को विरुद्ध लड्ने क्षमताको विकास गराउन योग शिक्षा राम्रो विकल्प भएको योग प्रशिक्षक रामहरी सुवेदीको भनाई छ । कोरोना भाइरसबाट बच्नको लागि रोग प्रतिरोधात्मक क्षमता बढाउनुको विकल्प नभएकाले अहिलेको अवस्थामा रोग प्रतिरोधात्मक क्षमता बढाउने औषधी वितरण गर्नु र योग शिक्षा सञ्चालन गर्नु सान्दर्भिक भएको सुवेदीको भनाई छ ।
क्वारेन्टाइन तथा आइसोलेसनमा रहेकोहरुलाई औषधी वितरण तथा योग शिक्षा दिने जिल्ला आयुर्वेदिक स्वास्थ्य केन्द्रको कार्यक्रम अन्तर्गत मंगलबार मन्थली नगरपालिकाको क्वारेन्टाइमा बसेका १८ जनालाई औषधी प्रदान गरिएको आयुर्वेद स्वास्थ्य केन्द्र रामेछापले जानकारी दिएको छ ।

Share this

प्रतिकृया

Add