रामेछापको १७ जनामा कोरोना संक्रमण पुष्टि

 शुक्रबार, जेष्ठ २३, २०७७ | onlinenews
Share this

२३ जेठ, रामेछाप– रामेछाप जिल्लामा १७ जना कोरोना संक्रमित पुष्टि भएको छ । जिल्ला बाट परीक्षणको लागि ७० जनाको स्वाव पठाइएकोमा अहिलेसम्म १७ जनाको स्वाव रिपोर्ट पोजेटिभ आएको हो ।
७० जनाको स्वाव पठाइएकोमा १७ जनाको रिपोर्ट पोजेटिभ आएको र २३ जनाको नेगेटिभ आएको स्वास्थ्य कार्यालय रामेछापका प्रमुख डा. जितेन्द्र कर्णले जानकारी दिए । अन्यको भने रिपोर्ट आउन बाँकी रहेको स्वास्थ्य कार्यालयले जानकारी दिएको ।
कोरोना संक्रमित पुष्टि भएकाहरु लिखु तामाकोसी गाउँपालिकाका ६ जना र गोकुलगंगा गाउँकालकाका ११ जना रहेका पनि डा. कर्णले जानकारी दिए । उनीहरुको स्वाव परीक्षको लागि धुलिखेल अस्पताल पठाइएको थियो ।

Share this

प्रतिकृया

Add