समाचारको खण्डन गर्न पत्रकार सम्मेलनः पत्रकारलाई हानेको तिर आफैतिर

 बिहिबार, जेष्ठ २९, २०७७ | onlinenews
Share this

२९ जेठ, रामेछाप– थानापति बाख्रा पालन कृषक समूहले आर्थिक हिनामिना गरेको विषयमा प्रकाशित प्रसारीत समाचारलाई लिएर बुधबार पत्रकार सम्मेलनको आयोजना भयोे । पत्रकार सम्मेलन समाचार लेख्ने पत्रकार र सञ्चार माध्यमलाई दोषि देखाएर आपूm पानीमाथिको ओभानो बन्ने उद्देश्यले आयोजना गरिएको थियो । तर पत्रकार सम्मेलनको क्रममा थानापति बाख्रा पालन कृषक समूहकै थप कर्तुतहरु खुलासा भएको छ ।
थानापति बाख्रा पालन कृषक समूहले एउटा गल्ती ढाकछोप गर्न आयोजना गरिएको पत्रकार सम्मेलनमा सो समूहले गरेको अन्य गल्ती तथा कर्तुतहरु समेत खुलासा भएको हो । थानापति बाख्रा पालन कृषक समूहको नाममा खरिद गरिएको गाडी दुरुपयोग भएको, बाख्रा फार्मको आयब्याय विवरण पारदर्शी नभएको, फार्मको नाममा गरिएको कारोबारमा आपूmखुसी घर खर्च चालाए जसरी खर्च गरेको खुलासा भएको छ ।
पत्रकार सम्मेलनमा वितरण गरिएको विज्ञप्तिमा रामबाबु गिरी २०७४ सलादेखि थानापति बाख्रा पालन कृषक समूहको कुनै पनि सदस्य नभएको उल्लेख छ तर पत्रकार सम्मेलनमा रामबाबु गिरी आफैले कृषक समूहको सदस्य रहेको स्वीकार गरेका छन् । फार्मको नाममा रहेको गाडीले उपभोक्ताको हितमा काम गरेको बताइए पनि उपभोक्ताको के हितको लागि गाडी प्रयोग भएको छ भन्ने पत्रकारको जिज्ञासामा समेत जवाफ दिन सकेनन् ।
फार्मको नाममा रहेको गाडी शैलुङ्ग प्रशोधित पिउने पानी उत्पादक कम्पनीलाई भाडामा दिएको बताइए पनि गाडी प्रयोग गरे वापत बाख्रा पालन कृषक समूहलाई भाडा वापत दिएको रकमको समेत कुनै पनि प्रमाण समूहले देखाउन नसकेपछि गाडी भाडा वापत लिएको रकमको हिसाव नराखिएको पत्रकार सम्मेलनमा रामबाबु गिरीले स्वीकार गरे ।
फार्मले दुई जना कर्मचारी राखेको र कर्मचारीलाई मासिक १० हजार रुपैयाँको दरले तलब दिएको रामबाबु गिरीले बताए । तर, कर्मचारीलाई तलब दिंदा कुनै पनि कागज नगरिएको पनि उनले पत्रकार सम्मेलनमा स्वीकार गरे ।
मन्थली नगरपालिका–८ गाइखुरामा निर्माण भइरहेको बाख्रा फार्म थानापति बाख्रा पालन कृषक समूहकै नाममा रहेको जग्गामा निर्माण गरिएको प्रेस विज्ञप्तिमा उल्लेख छ । तर पत्रकार सम्मेलन आयोजना गर्दासम्म फार्मकै नाममा जग्गाको लालपूर्जा नरहेको रामबाबु गिरी आफैले स्वीकार गरेका छन् ।
स्थानापति मध्यमिक विद्यालयका प्रधानाध्यापक समेत रहेका रामबाबु गिरीको अगुवाईमा पत्रकारलाई दोषि देखाउन आयोजना गरिएको पत्रकार सम्मेलनमा थानापति बाख्रा पालन कृषक समूहकै थप कर्तुतहरु खुलासा भएपछि उनी आफै पंगु बनेका छन् ।

Share this

प्रतिकृया

Add