संरक्षणको पर्खाइमा बीपीको शालिक

 बुधबार, असार ३, २०७७ | onlinenews
Share this

सन्तोष ढुङ्गेल


३ असार, रामेछाप– नेपाली काँग्रेसका संस्थापक नेता एवं नेपालको प्रथम जननिर्वाचित प्रधानमन्त्री महामानव बीपी कोइरालाको शालिक नेपालका धेरै स्थानमा निर्माण गरिएका छन् । निर्माण गरिएका बीपीका शालिक प्रायः सबै संरक्षित छन् तर रामेछापको सदरमुकाम मन्थलीमा रहेको बीपिको शालिक दिनप्रतिदिन जीर्ण बन्दै गइरहेको छ ।
मन्थली बजारमा निर्माण गरिएको बीपीको शालिक २०६६ साल भदौ २९ गते नेपाली काँग्रेसका तत्कालीन कार्यबाहक सभापति शुशिल कोइरालाले उद्घाटन गरेका थिए । तत्कालीन नेपाल विद्यार्थी संघ रामेछापका अध्यक्ष रामकृष्ण खड्काले रामेछाप बीपी कोइराला प्रतिष्ठान दर्ता गरि सो शालिक निर्माण गरेका हुन् ।
बीपीको शालिक निर्माण गर्न खड्कालाई धेरैले साथ सहयोग र समर्थन गरेका भए पनि शालिक निर्माण गरेकै निहुमा खड्काले तत्कालीन नेपाल विद्यार्थी संघ रामेछापको अध्यक्ष पद गुमाउनु परेको थियो । महामानव बीपी कोइरालाको शालिक निर्माण गरेकै निहुमा आपूmले नेविसंघ रामेछापको अध्यक्ष पद त्याग्नु परेको खड्काको गुनासो छ ।
२०७२ साल वैशाख १२ गतेको भूकम्पले थिलथिलिएको कोइरालाको शालिक भूकम्प गएको ५ वर्ष भइसक्दा पनि पुनर्निर्माण हुन सकेको छैन । नेपाली काँसेसका केन्द्रिय सभापति लगायत एक दर्जन शीर्ष नेताले त्यही जीर्ण भएको शालिकमा माल्यार्पण गरेर गइसकेको तर कसैले पनि चसो नदेखाएको काँग्रेस कार्यकर्ता बताउछन् ।


बीपी कोइराला राजनैतिक ब्यक्तित्व मात्र नभएर साहित्यिक ब्यक्तित्व समेत भएकाले दिनप्रतिदिन जीर्ण बन्दै गएको कोइरालाको शालिकको अवस्थामा देख्दा कोइरालाको साहित्य मन पराउनेहरुको पनि मन दुःखेको एक साहित्यकारले बताए ।
काँग्रेसका एक कार्यकर्ताले नाम नखुलाउने शर्तमा भने– हाम्रा नेता मान्छे जन्मेको ठाउँदेखि मलामी जादासम्म हेलिकप्टर चढ्न सक्छन तर नेपालको आदर्श ब्यक्तित्व बीपी कोइरालाको शालिक संरक्षण र पुनर्निर्माणमा ध्यान दिन विर्सन्छन् । यस्ता नेतालाई म बीपीको पार्टीको कार्यकर्ता भन्न लाज लाग्नु पर्ने उनले भने ।
यस्तै नेबिसंघकै राजनीतिबाट संघर्ष गर्दै आएका अर्का एक कार्यकर्ताले बीपीको समाजवाद हेलिकप्टर र पजेरो नभई ग्रामिण नागरिकको मर्म सम्बोधन गर्ने समाजवाद भएको भन्दै पावर र पहुँचमा राजनीति गर्नेसँग निष्ठा र आदर्श मर्दै गएको गुनासो गरे ।

कसले रोक्यो त बीपीको जीर्ण शालिक पुनर्निर्माण गर्न ?

शालिक निर्माणमा सक्रिय भएर काम गरेका र रामेछाप बीपी प्रतिष्ठानका अध्यक्ष समेत रहेका रामकृष्ण खड्काले झुठो आश्वासन मात्र दिने र काममा माखो नमार्ने केही नेताको कारण जीर्ण भएको शालिक निर्माण हुननसकेको बताए । जीर्ण भएको शालिक निर्माणको लागि पहल गरिरहेको बताउदै आपूmलाई काम गर्न नदिएको उनले गुनासो गरे ।
केन्द्रका नेतासँग भेट हुँदा अहिले नै हुन्छ भन्ने तर जिल्ला झरेपछि सबै बिर्सने प्रवृत्तिले गर्दा आपूmले चाहेर पनि जीर्ण भएको बीपीको शालिक निर्माण गर्ने नसकेको बताए । उनले भने– संस्थाका महासचिव रत्नहरी ढुङ्गेल र आपूmले पटक–पटक भौतिक योजना मन्त्रालय र स्थानीय विकास मन्त्रालयमा प्रस्ताव लैजादा पनि चासो नदिएको गुनासो गरे । अहिले कोरोनाका कारण दःुख पाएका मजदुरको दाल रोटीको चिन्तामा जुटेको र शालिक भन्दा पनि नागरिक ठूलो भएका कारण शालिक पुनर्निर्माणमा ध्यान दिन नसकेको खड्कको भनाई छ ।
अहिले पसलमा सामान लिन आउनेलाई अवस्था बुझेर निल्शुल्क खाद्य सामग्री वितरण गरिरहेको छु, लकडाउन खुल्ने बित्तिकै पुनर्निर्माण गर्ने छु खड्काले भने । अब कसैको झुठो आश्वासनमा नपरी घर खेत बेचेर भए पनि शालिक पुनर्निर्माण गर्ने खड्काले हाम्रो अनलाइन न्यूजलाई बताए ।
देशकै प्रतिष्ठा र नेपाली काँग्रेसको इतिहास बोकेको एक ब्यक्तित्वको शालिक यस्तो अवस्थामा हुनु दुर्भाग्य भएको काँग्रेसजनको भनाई छ । यस विषयमा नेपाली काँग्रेस रामेछापका सभापति लवश्री न्यौपानेले जिल्ला पार्टी कार्यालयको भवन निर्माण गर्नुपर्ने भएकाले पार्टी कार्यालयको भवन निर्माणको काम सकिने बित्तिकै शालिक पुनर्निर्माण गर्ने बताए ।
यस्तै समाजसेवि एवं नेपाली काँग्रेसका पूर्व महासमिति सदस्य डाक्टर सुमन कर्माचार्यले बीपी कोइराला राष्ट्रिय तथा अन्तर्रष्ट्रिय समाजवादी ब्याक्तित्व भएको हुनाले शालिक निर्माण गर्ने ब्यक्ति र संस्था जहिले पनि गौण हुने र यस्ता सम्पत्तिको संरक्षण गर्ने दायित्व राज्यको हुने बताए । कुनै पनि आदर्श ब्यक्तित्वको शालिक निर्माण भएपछि त्यो ब्यक्तिगत नहुने र राज्यको स्वामित्व हुने उनको तर्क छ । राज्यले यस्ता ब्यक्तित्वको शालिकलाई राजनीतिकरण गरेर संरक्षण नगर्नु लज्जास्पद भएको पनि कर्मचार्यको बताए ।

Share this

प्रतिकृया

Add