नेपालमा अर्कालाई सम्पत्ती कमाइदिँदा भ्रष्टाचार भएको छ : न्यौपाने
शनिबार, मंसिर १, २०८१
१३ साउन, मकवानपुर–आर्थिक प्रलोभनमा परि सेवाग्राहीसँग पैसा लिने चार जना प्रहरी कर्मचारीलाई प्रदेश प्रहरीबाट खटिएका विशेष टोलीले नियन्त्रणमा लिएको छ । आफ्नो जिम्मेवारीलाई भुलेर विभिन्न बाहनामा सवारी चालकसँग रकम असुली गरेको भेटिएपछि प्रदेशबाट खटिएको विशेष टोलीले नियन्त्रणमा लिएको बागमती प्रदेश प्रहरी कार्यालयका प्रवक्ता प्रहरी बरिष्ठ उपरीक्षक सुदिप गिरीले जानकारी दिए ।
बागमती प्रदेश प्रहरी कार्यालय अन्तर्गतका कार्यालयहरुमा कार्यरत प्रहरी कर्मचारीहरुबाट नागरिक केन्द्रीत, स्तरीय, प्रभावकारी र पारदर्शी सेवा प्रवाह गराउने उद्देश्यले प्रदेश मातहतका प्रहरी कर्मचारीहरुबाट सम्पादन भइरहेका कार्यलाई अनुगमन र मूल्यांकन गर्न गठन गरिएको टोलीले सेवाग्राहीसँग पैसा लिने प्रहरी कर्मचारीलाई नियन्त्रणमा लिएको हो ।
सेवाग्राहीसँग पैसा लिने प्रहरीलाई कारबाहीको लागि प्रदेश प्रहरी कार्यालय हेटौंडामा झिकाइएको प्रवक्ता गिरीले जानकारी दिए । कारबाहीको लागि झिकाइएका चार जना प्रहरी कर्मचारी मध्य २ जना ट्राफिक प्रहरी कार्यालय मकवानपुरको रातोमोटे र ट्राफिक प्रहरी कार्यालय रामनगर चितवन तथा दुई जना इलाका प्रहरी कार्यालय रामनगर चितवन र इलाका प्रहरी कार्यालय मनहरी मकवानपुरमा कार्यरत रहेको प्रदेश प्रहरी कार्यालयले जनाएको छ ।
आफ्नो ड्यूटिमा इमान्दारिता प्रदर्शन गर्ने प्रहरी कर्मचारीहरुलाई पुरस्कृत गर्ने र गैह्र ब्यवसायिक कार्यमा संलग्नलाई कारबाही गरि प्रहरी सेवालाई मर्यादित बनाउने कर्यलाई बागमती प्रदेश प्रहरीले विशेष अभियानको रुपमा सञ्चालन गरिरहेको छ ।